देवघाट गाउँपालिकाले शिक्षकहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सम्मान

images
  • 234
    SHARES
  • आश्विन २, २०८० मंगलबार
    देवघाट गाउँपालिकाले शिक्षकहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सम्मान
    images
     
     
    तनहुँ
     
    देवघाट गाउँपालिकाले सेवा निवृत्त शिक्षकहरूलाई सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा गाउँपालिकाले मंगलबार सेवा निवृत्त ६० जना शिक्षकहरूलाई सम्मान गरेको हो । सेवा निवृत्त शिक्षकहरूलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले दोसल्ला र सम्मानपत्रमार्फत सम्मान गरेका हुन् ।
     
    आफू पनि शिक्षण पेशाबाट जनप्रतिनिधि भएको स्मरण गराउँदै गाउँपालिकाका अध्यक्ष मगरले पेशाबाट सेवा निवृत्त भए पनि आफ्नो अनुभवलाई शिक्षा क्षेत्रमै पुनः प्रयोग गर्न सकिने बताए । ‘सेवा निवृत्त शिक्षकहरूबाट कक्षा कोठामा पढाउने नियमित कार्य सके पनि गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि विशेष भूमिका खेल्न सक्छ,’ उनले भने ।
     
    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङ, गाउँपालिकाका प्रवक्ता एवम् वडा नं.५ का अध्यक्ष पूर्णबहादुर कुँवर,देवघाट २ वडा अध्यक्ष मिन बहादुर राना लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रम पालिकाका कार्यक्रम शाखा प्रमुख कृष्णराज पन्तले सञ्चालन गर्नु भएको थियो भने पालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेको अध्यक्षता रहेको थियो।
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend