प्रतिमा खत्री
तनहुँ,
देवघाट गाउँपालिकाको आयोजनामा आज देखि सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सुरू भएको छ । आजबाट सुरू भएको सो तालिम ८ दिनसम्म सुचारु हुदैँ छ।
सामुदायिक मेलमिलाप सम्बन्धी तालिमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले सामुदायिक तालिम निकै महत्त्वपूर्ण तालिम रहेको बताउदै यस तालिम लिएपछि समाजमा घट्ने साना तिना घटानालाइ ठुलो नबनाई एक आपसमै मेलमिलाप गरेर मिलाउन सकिने बताए । कहिलेकाही समाज र घरपरिवारमा कुरा नमिल्नाले सानातिना कुराले ठुलो रुप लिन सक्ने र कुटपिट हत्या हिँसा सम्म हुन सक्ने भएकाले सामुदायीक मेलमिलाप सम्बन्धी तालिम लिन जरुरी रहेको अध्यक्ष थापाले बताए साथै तालिमले व्यक्तिलाई दक्ष समेत बनाउने थापाले बताए ।
साना तिना घटनाले नङ्ग र मासुको जस्तो सम्बन्ध भएको नाता नबिग्रियोस र सबैसँग सद् भाव पुर्ण समाजको निर्माण गर्न सकियोस् भनि यो तालिम दिइएको देवघाट गाउँपालिकाका योजना शाखा प्रमुख राम प्रसाद सापकोटाले बताए । देवघाट गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायीक समितीका संयोजक भुवन सिं गुरुङ,देवघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदी, देवघाट गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवर,देवघाट गाउँपालिका वडा नम्बर ५ सदस्य कमला गुरुङ, याम बहादुर मगर, बुद्धि बाहादुर पाण्डे लगाएत उपस्थिति रहेको थियोे भने तालिम ३१ जनाले सहभागीता जनाएका थिए । सो तालिममा अर्जुन प्रसाद घिमिरे र कमला विष्टले प्रशिक्षण दिएका थिए



