प्रतिमा खत्री, तनहुँ,
देवघाटधाममा निर्माण कार्य भैरहेको देवघाट सार्वजानिक पुस्तकालयलाई देवघाट गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५-अध्यक्ष पूर्णबहादुर कुवँरले सहयोग गरेका छन् । अध्यक्ष कुँवरले बिहिवार आफ्नो मासिक पारिश्रमिक वापत प्राप्त रकम जम्मा १८ हजार ५ सय ५ रुपैयाँ देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।
आफु निर्वाचित भैसकेपछि हालसम्म आफ्नो मासिक पारिश्रामिक देवघाटका विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको वडा अध्यक्ष कुँवरले बताए । वडा अध्यक्ष कुँवरले गर्नु भएको सहयोगको लागि पुस्तकालय व्यवस्थापन समितिको तर्फबाट हार्दिक आभार एवं धन्ववाद व्यक्त गरिएको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए ।



