लियो क्लब अफ देवघाट चौतारी र लियो क्लब चितवन माउन्ट एभरेस्ट संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

images
  • 412
    SHARES
  • आश्विन १२, २०८० शुक्रबार
    लियो क्लब अफ देवघाट चौतारी र लियो क्लब चितवन माउन्ट एभरेस्ट संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न
    images
    प्रतिमा खत्री
     
    तनहुँ
     
    लियो क्लब अफ देवघाट चौतारी र लियो क्लब चितवन माउन्ट एभरेस्ट संयुक्त आयोजनामा देवघाट स्थित समाज कल्याण बृद्धाआश्रममा नेपाल पक्षघात संघ र नेपाल स्ट्रोक प्रोजेक्ट ग्राण्डि ईन्टरनेशनल हस्पिटलको सहयोगमा आज न्यूरो सम्बन्धि स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै जनचेतना मुलक उद्देश्य बोकेको कार्यक्रमले स्वास्थ्य क्षेत्रमा यसको प्रभाव पर्ने बिश्वास व्यक्त गरेका थिए।साथै ५ वडा अध्यक्ष कुँवरले स्वास्थ्य समाज निर्माणको लागि आफु आफ्नो क्षेत्रबाट कुनै कसर नराखी अगाडी बढ्ने बताएका थिए ।
     
    कार्यक्रममा लियो क्लब अफ देवघाट चौतारी अध्यक्ष रक्षा कार्कीले यति राम्रो उपयोगी कार्यक्रम हाम्रो सुन्दर नगरिमा ल्याइदिनु भएकोमा नेपाल पक्षघात संघलाई धन्यवाद समेत व्यक्त गरेको थिए। सो स्वास्थ्य शिविर कार्यक्रममा डा.रामचन्द्र सुवेदीले र डा. दिबस कोईरालाले मानिसमा हुने पक्षघात सम्बन्धि लक्ष्यण र त्यस बाट बच्नसक्ने उपायहरुको बिषयमा प्रष्ट पारेका थिए भने सो शिविरमा करिब ३० जनाले स्वास्थ्य परिक्षण गरेको समेत देवघाट लियो क्लब चौतारी लियो सुस्मा गुरुङले जानकारी दिएको थियो।
     
    कार्यक्रममा विशिष्ट अतिथि २ का कल्स्टर चिप लियो आत्माराम पाण्डे लगायतको उपस्थिति रहेको थियो भने लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष रक्षा कार्कीको सभाअध्यक्ष रहेको थियो।
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend