सामुदायिक मेलमिलाप सम्बन्धी तालिम आज सम्पन्न

images
  • 525
    SHARES
  • आश्विन १४, २०८० आइतबार
    सामुदायिक मेलमिलाप सम्बन्धी तालिम आज सम्पन्न
    images
    देवघाट तनहुँ
     
    देवघाटमा सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सम्पन्न भएको छ । देवघाट गाउँपालिकाको आयोजनामा भएको सो तालिम आठ दिनमा आज आइतबार समापन भएको हो । समुदायमा एकआपसमा मेलमिलाप नहुनाले धेरै ठाउँहरूमा समस्या उत्पन्न भएको हुदाँ त्यस्ता समस्यालाई केही कम गर्न सकिन्छ कि भनेर आठ दिने तालिमको आयोजना गरिएको समापन कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए ।
     
    तालिमलाई सम्बोधन् गर्दै अध्यक्ष थापाले मेलमिलाप सम्बन्धी तालिमले गाउँघरमा जग्गाको विषयलाई लिएर,घर भित्रको कुरा लगाएत अन्य कुरामा हुने द्वान्दलाई ठुलो नबनाई आफ्नो टोलमै मिलाउने र उनिहरु बिचको सम्बन्धमा कुनै कमी हुन नदिइ द्वन्द्व अन्त्य गर्ने  वातावरण सृजना गर्नुपर्ने बताए । साथै समाजमा शान्ति पूर्वक बस्न पाउने वातावरण हुनुपर्ने बताउदैँ एकतर्फी मात्रै नभएर दुई तर्फी रूपमा न्याय मिल्ने खालको वातावरण तय गर्दै आफु अगाडि बढ्ने समेत जानकारी गराए ।
     
    सो तालिममा देवघाट गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायीक समितिका अध्यक्ष भुवन सिं गुरुङले समाजलाई सकारात्मक तरिकाले अगाडि बढाउने कदम चाल्दै मेलमिलाप सम्बन्धित तालिम आयोजना गरिएको बताए । उनले समाजमा धेरै विवादहरू उत्पन्न हुन्छ, त्यसलाई एक आपसमा मिलाएर अगाडि बढ्नुपर्छ भन्दै यदि आफ्नो समाजमा त्यस्तो समस्या निस्केको खण्डमा तालिम लिइसकेको व्यक्तिले विवाद समाधान गर्नुका साथै सहजीकरण गरिदिनु पर्ने बताए ।
     
    सो आठ दिने मेलमिलाप सम्बन्धि तालिममा अर्जुन प्रसाद घिमिरे र कमला विष्टले प्रशिक्षणको भूमिका निभाउनु भएको थियोे भने पालिका भित्रका जम्मा ३१ जनाको तालिममा सहभागी रहेको थियोे । कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर,देवघाट ४ वडा अध्यक्ष मित्र लाल गुरुङ्ग ,देवघाट वडा नम्बर ५ सदस्य कमला गुरूङ,याम बहादुर मगर,बुद्धि बहादुर पाण्डे,नेपाली काङ्ग्रेस देवघाट उपसभापति पुरूषोतम शर्मा पण्डित,देवघाट गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल, देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त देवघाट गाउँपालिका योजना शाखा प्रमुख राम प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियोे ।
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend