अर्थमन्त्री डा. प्रकाशरण महतलाई गाउँपालिका अध्यक्ष थापाद्वारा देवघाटमा स्वागत,गाउँपालिका बिकास निर्माणबारे ध्यानाकर्षण

images
  • 330
    SHARES
  • आश्विन २०, २०८० शनिबार
    अर्थमन्त्री डा. प्रकाशरण महतलाई गाउँपालिका अध्यक्ष थापाद्वारा देवघाटमा स्वागत,गाउँपालिका बिकास निर्माणबारे  ध्यानाकर्षण
    images

    प्रतिमा खत्री

    तनहुँ,

    नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री माननीय डा. प्रकाशशरण महतलाई देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिका दासढुङ्गामा स्वागत गरेका छन्। अर्थमन्त्री डा. प्रकाशरण महतलाई देवघाटको कालिमाटी,गलेश्वर आश्रम लगायत विभिन्न स्थानमा स्वागत गरेका थिए।अर्थमन्त्री डा.महत देवघाट गाउँपालिकाको ऐतिहासिक धार्मिक स्थान वेणी संगम,आश्रमहरुको दर्शनसंगै पहिरोका कारण गलेश्वर आश्रम जोखिममा पारेको पहिरोको समेत अध्यन अबलोकन गरेका थिए387331813_1329751041267765_4341921340751626478_n.jpg

    अर्थमन्त्री डा.प्रकाशशरण महतले आफु पवित्र तीर्थस्थल देवघाट धाममा आउन पाउदा खुशी व्यक्त गरे साथै अर्थमन्त्री डा.महतले देवघाट एक ऐतिहासिक पवित्रस्थल हरेको हुँदा यसको महिमा,गरिमा र महत्त्व बारे अवगत रहेको बताउदै यसको संरक्षण र जगेर्ना गर्ने जिम्मेवारी र दायित्व पुरा गर्ने बताएका थिए। साथै देवघाटधाम धार्मिकस्थानको पर्यटन बिकासको लागि केन्द्रबाट सक्दो बजेट विनियोजन गर्ने बताए। पहिरोका कारण गलेश्वर आश्रम जोखिममा पारेको पहिरो रोकथामका लागि २ करोड बजेट विनियोजन गरेको र बाकी पुर्णता लागि समेत बजेट थप गर्ने बताउदै देवघाट गाउँपालिकाको बिकास निर्माणमा केन्द्र सरकार बाट प्राथमिकता राख्ने बताए।

    साथै देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकाको दीगो बिकास निर्माणबारे अर्थमन्त्री डा.महतलाई ध्यानाकर्षण गराएका थिए। अध्यक्ष थापाले पहिरोका कारण गलेश्वर आश्रम जोखिममा पारेको पहिरो नियन्त्रणका लागी केन्द्र बाट बजेट विनियोजनको माग राख्दै पर्यटकीय ऐतिहासिक स्थानहरु देवघाटधामका मठ,मन्दिर,घण्टाचुली,सिञ्चाङ्गगढी,प्याउलीगढी,पालुराज मन्दिर र छरछरे झरनाको समेत केन्द्र बाट बजेट विनियोजन हुनुपर्ने बताएका थिए।387633684_357433293298233_2109034599900264197_n.jpg

    साथै अध्यक्ष थापाले गाउँपालिकाको शिक्षा,स्वस्थ्य संगै पालिकामा बन्दै गरेको निर्माणाधीन पालिका भवन,हस्पिटल,बाटो र पुलको बिषयमा समेत डा.अर्थमन्त्री महतसामु गम्भीर ध्यानाकर्षण गराएउदै पत्र बुझाएका थिए।

    सो स्वागत कार्यक्रममा देबघाट गाउँपालिकाको उपाध्यक्ष भुवनसिंह गुरुङ , प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य , गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,देवघाट ५ वडा सदस्य याम बहादुर मगर लगायतको उपस्थिति रहेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend