मधुवन सामुदायिक वनको २६ औँ" वार्षिक साधारणसभा सम्पन्न

images
  • 512
    SHARES
  • आश्विन २६, २०८० शुक्रबार
    मधुवन सामुदायिक वनको २६ औँ" वार्षिक साधारणसभा सम्पन्न
    images

    देवघाट असोज २६

    "रूख रोपौँ,वन जोगाऔँ"भन्ने मुल नारा सहित मधुवन सामुदायिक वन उपभोक्ता समूहको २६ औँ" वार्षिक साधारणसभा कार्यक्रम आज सम्पन्न भएको छ । शुक्रबार भएको सो साधारणसभा कार्यक्रममा वनका उपाध्यक्ष कमला देवकोटाले स्वागत मन्तव्य राखेका थिए भने वनका कोषाध्यक्ष निर्मला गुरूङले आयव्यय प्रस्तुत गरिएका थिए ।सो कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश सचीव केशव चन्द्र न्यौपानेले गमलामा पानी हाली कार्यक्रमको उद्दघाटन गर्दै हरियो वन नेपालको धन भन्दै सबैले आ-आफ्नो ठाउँमा जिम्मेवारी हुनुपर्ने बताए ।

    हरियाली वन रहे मात्रै हामी रहन्छौँ भन्दै सबैले वनको रक्षा गर्नुपर्ने बताउदै अनुरोध समेत गरे । कार्यक्रमका विशिष्ट अतिथि सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्टले कार्यक्रम मन्तव्य दिदैँ मानव जातिको सबै भन्दा महत्त्वपूर्ण चिज मध्येमा वन जंगल पर्ने बताउदैँ यसको संरक्षणमा सबैले हातेमालो गर्नुपर्ने बताए । त्यस्तै गरि आफु देवघाटमा वन प्रमुखको रूपमा आएको हप्तादिन भएको जानकारी गराउदैँ देवघाट गाउँपालिका, सामुदायिक वन लगाएत अन्य संघसंस्थाहरू सँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्वता समेत गरे । आज भन्दा अगाडि देवघाटमा रहेको सामुदायिक वनहरू जसरी अगाडि बढेता पनि अब भने वनको नीति नियम अनुसार आफुले सामुदायिक वनलाई अगाडि बढाउने बताए ।

    त्यस्तै गरि कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ सदस्य याम बहादुर मगर,कमला गुरूङ,समाजसेवी कुलचन्द्र न्यौपाने,कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्र प्रसाद श्रेष्ठ,रानि सामुदायिक वनका अध्यक्ष सन्त बहादुर मगर,कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियोे । त्यस्तै गरि कार्यक्रममा वनले हरेक वर्ष वनका एकजना पूर्व अध्यक्षलाई सम्मान समेत गर्दै आएकोमा कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहनु भएका सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश सचीव केशव चन्द्र न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान-पत्र मार्फत सम्मान गरिएको थियोे । सो कार्यक्रम वनका अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षतामा सम्पन्न भएको थियोे । भने अध्यक्ष द्वारा नै प्रतिवेदन समेत प्रस्तुत गरिएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend