कालिका सामुदायिक वनको २५ औँ" वार्षिक साधारणसभा सम्पन्न

images
  • 453
    SHARES
  • आश्विन २६, २०८० शुक्रबार
    कालिका सामुदायिक वनको २५ औँ" वार्षिक साधारणसभा सम्पन्न
    images

    प्रतिमा खत्री, तनहुँ,

    "रूख रोपौँ,वन जोगाऔँ"भन्ने मुल नारा सहित कालिका सामुदायिक वन उपभोक्ता समूहको २५ औँ" वार्षिक साधारणसभा कार्यक्रम आज सम्पन्न भएको छ । शुक्रबार भएको सो साधारणसभा कार्यक्रममा वनका कोषाध्यक्ष शुसिला नेपालले २०७९/०८० आयव्यय प्रस्तुत गरिएका थिए । सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै हरियो वन नेपालको धन भनेझैँ वनको संरक्षण गर्न अति आवश्यक रहेको बताए

    । सामुदायिक वन सबैको साझा सम्पत्ति हो हामीले अहिले वनको संरक्षण गर्ने हो भने भावी पुस्ताहरूको लागि थप टेवा पुग्ने बताए । त्यस्तै गरि ५ वडा अध्यक्ष देवघाटमा रहेका सामुदायिक वनहरू मध्ये कालिका वनले धेरै सामाजिक क्षेत्रहरुमा पनि राम्रो कामहरू गर्दै आएको बताउदैँ आगमि दिनहरूमा पनि वन संघ सहकार्यमा अगाडि बढ्ने प्रतिवद्वता जनाए । त्यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश सचीव केशव चन्द्र न्यौपाने वन हरियाली रहे मात्रै हामी रहन्छौँ भन्दै सबैले वनको रक्षा गर्नुपर्ने बताउदै बताए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्टले कार्यक्रम मन्तव्य दिदैँ मानव जातिको सबै भन्दा महत्त्वपूर्ण चिज मध्येमा वन जंगल पर्ने बताउदैँ यसको संरक्षणमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

    आज भन्दा अगाडि देवघाटमा रहेको सामुदायिक वनहरू जसरी अगाडि बढेता पनि अब भने वनको नीति नियम अनुसार आफुले सामुदायिक वनलाई अगाडि बढाउने बताए । साथै कार्यक्रममा तनहुँ जिल्ला वन महासंघका सदस्य भोजराज नैनावस्तीले पनि शुभकामना मन्तव्य राखेका थिए। त्यस्तै गरि सो कार्यक्रममा वनद्वारा दुई जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियोे । सभा कार्यक्रममा देवघाट ५ मा रहेको बज्रयोगीनी माध्यमिक विद्यालयमा अध्यनरत जेहेन्दार विद्यार्थी जिविका बोटे र अनामी बोटेलाई कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर र कार्यक्रमका सभा अध्यक्षता कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपानेले सो छात्रवृत्ति प्रदान गर्नुभएको थियो । वनका अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रम वनका सचिव निस्मा थापाले सञ्चालन गरेका थिए

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend