चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

images

  • 492
    SHARES
  • आश्विन २७, २०८० शनिबार
    चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीको १२ औँ वार्षिक साधारण सभा सम्पन्न
    images

     देवघाट असोज २७

    देवघाट गाउँपालिका वडा नम्बर-५ स्थित रहेको चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीको १२ औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवघाट ५ हाटबजारमा कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बाहादुर थापाले दिप प्रज्वलन र ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

    391709867_309063931760228_6590571845080464635_n.jpg

    देवघाट महिला सञ्जालका अध्यक्ष राधादेवी खनालले स्वागत राखेका थिए भने चक्रवर्ती उद्यमी महिला सहकारीका अध्यक्ष तारादेवी पन्तले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने सभामा सहकारीका सेयर सदस्यहरूलाई विभिन्न विधामाका आधारमा मासिक बचत फुलमायाँ गुरूङ,स्वच्छिक बचत मोतिकला बस्नेत,बाल बचत डोल्मा छिरिङ्ग गुरूङ,दैनिक बचत तारा सापकोटा,खुत्रुके बचत संगिता न्यौपाने मिश्र,बृद्व बचत युमायाँ अर्जेल,आवाधिक बचत गायत्री बास्तोला त्यस्तै गरि सहकारीको हरेक क्रियाकलापहरू अनुसाशित पुर्वक सिर्जना गर्ने समूह अन्तर्गत प्रथम सफल महिला समूह,द्वितीय मिलिजुली महिला समूह,तृतीय एकता महिला समूह र सान्त्वना अखण्ड ज्योति महिला समूह, धेरै दुध खरिद गर्ने व्यापारी अर्पणा खनाल,धेरै दुध खाने व्यक्ति संगिता ओझा, दुध धेरै ल्याउने कृषक सुमित्रा गुरूङ,धेरै दुध ल्याउने कृषक पुजा लामा र मायाँ शर्मा लगाएतलाई सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा,विशिष्ट अतिथि सामाजिक उद्यमी महिला सञ्जाल ( सेवा नेपाल) अध्यक्ष पार्वती न्यौपाने र सहकारीका अध्यक्ष तारादेवी पन्तले पुरस्कार प्रदान गरिएको थियोे ।

    391713826_309092101757411_1288461974722378598_n.jpg

    सो कार्यक्रमका प्रमुख अथिती देवघाट गाउँपालिक अध्यक्ष तिल बहादुर थापाले उद्यमी महिलाहरुलाई लक्षित गरी गाउँपालिकाले कोसेली घर केही दिनमा नै सुचारु गरी महिला दिदीबहिनीले उत्पादन गरेको सबै प्रकारका वस्तुहरु टपरी,झोला लगाएत अन्य समानहरू गाउँपालिकाले नै खोली बिक्री वितरणमा समेत सहयोग गर्ने बताए । आजभोलि विभिन्न घटनाहरू सुनेको र देखेको समेत हुन्छन् त्यो हुदाँ महिलाहरुलाई विभिन्न खालका झूटा लघुबित्तहरुको विश्वास नगरी आफू सचेत भई आफूले गाउँघरमा खोलेको सहकारीमा पैसा जम्मा गर्ने बानी बसालौ भन्दै सचेत रहन आग्रह समेत गरेका थिए । त्यस्तै गरि महिला सहकारी देवघाट कै एउटा नमुना सहकारी रहेको बताउदैँ महिला दिदीबहिनीहलाई अघि बढाउदैँ आफु सधै सकारात्मक रहेको र गाउँपालिकाले सकेको सबै सहयोग गर्ने प्रतिवद्वता गरे ।

    391693831_309094388423849_2234044135505644425_n.jpg

    सोही कार्यक्रमका विशिष्ट अतिथि सामाजिक उद्यमी महिला संजाल (सेवा नेपाल) का अध्यक्ष पार्वती न्यौपानेले सहकारीबाट उत्पादन भएका वस्तुहरुलाई बजारिकरणको आवश्यकता रहेको बताइन् । न्यौपानेले सहकारीमा उत्पादन भएको केहि बट्टा मात्र हामीले घिउ बेच्न सके आफुले नै बोनस पाउन सकिन्छ यसका लागि सबैले हातेमालो गरेर अगाडि बढ्न जरुरी रहेको बताए । र महिला सहकारीलाई स्थानीय सरकारको सहयोग माग्न सहज वातावरण रहेको बताउदैँ देवघाट गाउँपालिकालाई धन्यवाद व्यक्त गरेका थिए ।

    391713652_309093445090610_240448283887499068_n.jpg

    सो कार्यक्रममा देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्ण राज पन्त,देवघाट महिला सञ्जाल अध्यक्ष राधादेवी खनाल,इलाका प्रहरी कार्यालय प्रमुख कृष्ण बहादुर बानियाँ सेयर सदस्यहरू लगाएको बृहत उपस्थितिमा सभा सम्पन्न भएको थियोे भने कार्यक्रम सहकारीका लेखा समिति संयोजक गंगा न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

    391719667_309064021760219_4195093333365830467_n.jpg



    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend