किसान बचत तथा ऋण सहकारी संस्थाको सदस्य सेवा कार्यालय शुभारम्भ

images
  • 255
    SHARES
  • आश्विन २८, २०८० आइतबार
    किसान बचत तथा ऋण सहकारी संस्थाको सदस्य सेवा कार्यालय शुभारम्भ
    images

     देवघाट असोज २८

    देवघाट गाउँपालिका वडा-५ मा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको लि.द्वारा सञ्चालित सप्तगण्डकी सेवा केन्द्रको सदस्य सेवा कार्यालय शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । ठाउँ साँगुरो हुनुका साथै विभिन्न समस्या आइपरेर नयाँ स्थानमा कार्यालय शुभारम्भ गरेको संस्थाका अध्यक्ष ऋषिराम सुवेदीले बताए ।

    391738636_309655915034363_7274411212906067429_n.jpg

    सुवेदीले सहकारी मणिमुकुन्देश्वर चोक देवघाट-५ तनहुँमा रहेको समेत कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले किसान बचत तथा ऋण सहकारीले देवघाटमा राम्रो सेवा दिदैँ आएको बताउदैँ व्यक्तिमा बचत गर्ने बानीको थालनी भएको बताए । धेरैको मन जितेर सहकारी अगाडि बढेको छ आगमि दिनहरूमा गाउँपालिकाको सहयोग आवश्यक परेमा सदैब रहने बताए । पहिले आफु पनि सहकारीको अध्यक्ष समेत रहेको बताउदैँ राम्रो कामहरू गर्दै देवघाटवासीलाई राम्रो सेवा दिदैँ अगाडि बढ्न अनुरोध गरे ।

    391742537_309656121701009_5370675242670739632_n.jpg

    आज (आइतबार) सम्पन्न भएको सो कार्यक्रममा साना नानीहरूहरू बचत गर्ने बानीको बिकास गरौँ भन्ने उद्देश्यले पाँच जना नानीहरूहरू खुत्रुके वितरण गरिएको थियोे । सो कार्यक्रममा देवघाट गाउँपालिकाका वडा नम्बर-५ सदस्य कमला गुरूङ,बुद्धि बहादुर पाण्डे तथा वडा नम्बर-५ का पूर्व वडाअध्यक्ष याल बहादुर गुरूङ,उद्योग वाणिज्य संघ देवघाट अध्यक्ष रोशन श्रेष्ठ र सेवा केन्द्रका पूर्व अध्यक्ष,सदस्यहरू लगाएतको सहभागीता रहेको थियोे । किसान साकोसका सचिव सरस्वती कडेलले सञ्चालन गर्नु भएको सो कार्यक्रममा संस्थाका सदस्य भिम सुवेदीले स्वागत गरेका थिए ।

    391727064_309657085034246_2029942070930303244_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend