देवघाट असोज २८
तनहुँको देवघाटमा बृहत सरसफाई कार्यक्रम गरि घटस्थापना मनाइयो छ । देवपुर टोल विकास संस्था र एफ.सि.देवपुरको संयुक्त आयोजना र देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्तको संयोजकत्वमा आज( आइतबार ) नजिकिँदै गरेको नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सरसफाइ कार्यक्रम गरिएको हो ।

सो सरसफाइ कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले सरसफाइ वास्तवमा व्यक्तिगत रूपमा आफैले जानेर गर्नुपर्ने चिज हो सरसफाइ अरूले गर भन्दैमा गर्ने र नगर भन्दैमा नगर्ने चिज होइनन् भन्दै स्वास्थ्य नै मानवको धन हो भनेर विशेष ध्यान दिनुपर्ने बताए । थापा सरसफाइ भन्दैमा आफु मात्रै सफा भएर हुदैँन गाउँ टोल समेत सफा हुनुपर्ने बताउदैँ सरसफाइलाई निरन्तरता दिदै अगाडि बढ्न अनुरोध गरे । हाल बढ्दो डेङ्गु रहेको हुदाँ त्यसलाई मध्ये नजर गर्दै सरसफाइ गरेको समेत अध्यक्ष थापाले जानकारी गराए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले देवघाट गाउँपालिकाले हालेको एउटा सुचनाको आधारमा आज देवघाट नै सरसफाइमा लागेको बताउदैँ धन्यवाद व्यक्त गरेका थिए । सरसफाइलाई दैनिक रूपमा नै अगाडि बढाउनु पर्छ भन्दै सबैले आ-आफ्नो ठाउँमा सरसफाइ गर्न गुरूङले अनुरोध गरे । फोहोरबाट आजभोलि धेरै रोगहरू फैलिने हुदाँ आफ्नो घर अगाडि रहेको नालिहरूलाई सफा राख्न आग्रह समेत गरे । साथै हरेक वर्षमा जस्तै यो वर्ष पनि सरसफाइ कार्यक्रम गरेर घटस्थापनाको दिन मनाइएको देवपुर टोल विकास संस्थाका अध्यक्ष सुकु गुरूङले बताए ।

इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँ,देवघाट क्षेत्र विकास समितिका सदस्य सान बहादुर परियार,सहकारी संस्थाका प्रतिनिधि,सम्पूर्ण टोलका अध्यक्ष लगाएत प्रतिनिधि,सम्पूर्ण आमा तथा महिला समूहका अध्यक्ष लगाएत प्रतिनिधि,युवा क्लबका प्रतिनिधि,विभिन्न खेलकुद समितिका अध्यक्ष लगाएत प्रतिनिधि,खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लगाएत प्रतिनिधि,मन्दिर संरक्षण समितिका प्रतिनिधि, सम्पूर्ण उद्योग,व्यापारी,होटल व्यावसायीहरू लगाएतको उपस्थितिमा टोल,बाटो,खानेपानीका मुहान,धारा,पाटीपौवा,मन्दिर वरपर सरसफाइ गरिएको छ ।




