तनहुँ,
देेवघाट ब्याडमिन्टन संघको आयोजनामा आयोजित दशैं विशेष व्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा नारायण थापा मगर र सोवित राना मगरको टिम प्रथम भएको छ । प्रतियोगितामा जम्मा ११ टिमको सहभागीता रहेको थियोे भने फाइनल खेलमा अनिल मिश्र र बिनेस सारू मगरलाई पछि पार्दै उपाधि चुमेको थियोे ।

सो प्रतियोगितामा प्रथम र द्वितीय टिमलाई क्रमशः ट्रफी र मेडल कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,देवघाट व्याडमिन्टन संघका संरक्षक चन्द्र प्रकाश दवाडी र मधु सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले संयुक्त रूपमा पुरस्कार प्रदान गरिएको थियोे । सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बजेट अभावको कारण देवघाटको खेल क्षेत्र अलपत्र परेको हो भन्दै अब पुस महिनाको गाउँ सभाले थप बजेट विनियोजन गरेर अगाडि बढ्ने बताए । साथै पालिकाको आन्तरिक रकमबाट कबट हल सम्पन्न गर्न आफु लागि परेको परेको बताए ।

देवघाट व्याडमिन्टन स्थापना भएपछि धेरै राम्रो खेलहरूको आयोजना गर्दै आएको बताउदैँ व्याडमिन्टन खेललाई मुख्य प्रेरणा दिनु भएको चन्द्र प्रकाश दवाडीको सपना पूरा गर्ने अध्यक्ष थापाले प्रतिवद्वता गरे । सोही कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहनु भएका देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले खेलकुद राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यम हो भन्दै खेलकुदलाई अगाडि बढाउनु पर्ने बताए । आचार्यले खेलकुद क्षेत्रलाई गाउँपालिकाको तर्फबाट गर्नुपर्ने कुरामा कुनै कन्जुस्याइँ नहुने बताउदैँ खेलकुदलाई अगाडि बढाउने प्रतिवद्वता गरे । त्यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले खेलकुद युवाहरूलाई मात्रै नभई बिद्यालय तह सम्म समेत खेलकुदलाई अगाडि बढाउनु पर्ने बताए ।

खेलकुदलाई अगाडि बढाउनु सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । सो कार्यक्रममा देवघाट वडा नम्बर ५ का पूर्व अध्यक्ष याल बहादुर गुरुङ,देवघाट ५ वडा सदस्य यम बहादुर मगर,कालिका सामुदायिक वनका अध्यक्ष कष्णराज न्यौपाने,मधु सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी,देवघाट गाउँपालिकाका कार्यक्रम शाखा प्रमुख कृष्ण राज पन्त, देवघाट ब्याडमिन्टन संघका संरक्षक चन्द प्रकाश दवाडी,इलाका प्रहरी कार्यालयका जंग बहदुर गुरुङ,देवघाट युवा तथा खेलकुद समितिका पूर्व अध्यक्ष सुक लाल गुरुङ, देवघाट ५ वडा खेलकुद समितीका अध्यक्ष खेम बहादुर राना लगायतको उपस्थिती रहेको थियो। सो कार्यक्रमको संञ्चालक आशिक रानाले गरेका थिए भने देवघाट गाउँपालिकाका ब्याडमिन्टन संघका अनिल मिश्रको अध्यक्ष्यता रहेको थियो ।





