देवघाट अनलाइन र देवघाट सन्देशको संयुक्त आयोजनामा वडा दशैंको शुभकामना आदानप्रदान

images
  • 396
    SHARES
  • आश्विन २९, २०८० सोमबार
    देवघाट अनलाइन र देवघाट सन्देशको संयुक्त आयोजनामा वडा दशैंको शुभकामना आदानप्रदान
    images
    तनहुँ असोज २९
     
    देवघाट अनलाइन र देवघाट सन्देशको संयुक्त आयोजनामा वडा दशैं तथा शुभ दिपावलीको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम आज (सोमबार ) सम्पन्न भएको छ । पालिकाको सभाहलमा भएको सो कार्यक्रममा देवघाट अनलाइनका अध्यक्ष प्रकाश चन्द्र भट्टराईले हरेक क्षेत्रमा अहिले मिडियाको भूमिका महत्त्वपूर्ण रहने बताउदैँ देवघाट क्षेत्रमा मिडिया हाउसहरू कम भएको हुदाँ देवघाटको सत्यतथ्य कुरा बाहिर ल्याउने उद्देश्यले अनलाइन लाई अगाडि बढाएको बताए । बैशाख महिनाबाट आधिकारिक रूपमा नेपाल सरकार कै इजाजत पत्र लिएर अनलाइनलाई सुरू गरेको भट्टराईले बताए ।
     
    391645511_310144858318802_1635976170146118346_n.jpg
     
    त्यस्तै गरि देवघाटमा रहेका जतिपनि मिडिया हाउस छन् त्यसलाई स्थानीय सरकारले समान ढङ्गले हेर्न अनुरोध समेत गरे । प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले मिडिया लुकेको कुरा अगाडि ल्याउने प्रमुख माध्यम हो तर आजभोलि मिडिया सकारात्मक भन्दा नकारात्मक तरिकाले अगाडि बढिरहेको बताए । त्यस्ता नकारात्मक सन्देशले अगाडि बढ्दै गरेको अवस्थामा समस्या निम्त्याउने र त्यसले स्थानीय सरकारलाई अगाडि बढ्न गाह्राे अवस्था समेत सिर्जना गरिएको छ । मिडिया हो भन्दै सारा संसार मेरै हो भन्ने भावना हटाउन अनुरोध गरे । देवघाटको हरेक गतिविधि बाहिर स्थानीय मिडियाले जति ल्याउछ त्यति नै ठिक छ भन्दै स्थानीय मिडियालाई प्राथमिकता दिएर अगाडि बढेको अध्यक्ष थापाले बताए ।
    391737023_310145118318776_1639765087598605099_n.jpg
     
    स्थानीय मिडियाले देवघाट पाँचै वडाको विषयमा कलम चलाउन अनुरोध गर्दै पालिकाले सबै मिडियालाई समान व्यवहार गर्ने जानकारी गराएका थिए । विशिष्ट अतिथि देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले मिडियाले सत्यतथ्य कुरा ल्याउनले र सुधार गर्नुपर्ने कुरामा सकारात्मक तरिकाले अगाडि बढ्न अनुरोध गर्नुपर्छ भने । देवघाटको विकासको लागि मिडियाको ठुलो भूमिका रहेको बताउदैँ सकारात्मक तरिकाले अगाडि बढ्न अनुरोध समेत गरे ।
     
    देवघाट गाउँपालिका वडा नम्बर-५ पूर्व अध्यक्ष याल बहादुर गुरूङ,नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपाने,राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट कार्यवाहक अध्यक्ष गोविन्द न्यौपाने,देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्षराज पन्त,उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ,कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने लगाएतले मन्तव्य राखेका थिए । सो कार्यक्रम देवघाट अनलाइनका अध्यक्ष प्रकाश चन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend