तनहुँ प्रतिमा खत्री,
देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङको संयोजकत्वमा आज(मंगलबार)अति अशक्त एवं पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई घरघरमा पुगि लत्ताकपडा एवं सामग्री वितरण कार्यक्रम सम्पन्न गरेका छन् ।

वडा कार्यालय जान सक्ने व्यक्तिलाई वडामा र वडामा आउन कठिन हुने व्यक्तिलाई घरघरमै पुगेर सामग्री वितरण गरिएको उपाध्यक्ष गुरूङले बताए ।

सामग्री ४ लाखको बजेटबाट देवघाट गाउँपालिका भित्रका ५ वडा भित्र रहेका अती अशक्त पूर्ण अशक्त भएका व्यक्तिहरूलाई एउटा बल्लाङ्गकेट,तन्ना,नुहाउने साबुन र हरलिक्स बितरण गरीएको उपाध्यक्ष गुरुङले बताए । सो सामग्री वडा न ५ मा आज बितरण गरिएको र लगातार ५ दिनसम्ममा ५ चै वडाका अपाङ्गता भएका ब्यक्तिहरुलाई लत्ताकपडा बितरण गर्ने गुरूङले बताए । साथै अपाङ्ग भएका ब्यक्तिहरुलाई आवश्यक परेको सामानहरू निबेदन बनाएर तोकिएको मितिसम्ममा गाउँपालिकामा बुझाउन अनुरोध समेत गर्नुभएको थियो ।

सो कार्यक्रम देवघाट-५ का.वा वडा अध्यक्ष याम बहादुर मगरको रोहवरमा वडा नम्बर-५ मा रहेका अति अशक्त र पूर्ण अपाङ्गता भएका २१ जना व्यक्तिहरूलाई लत्ताकपडा एवं सामग्री वितरण गरिएको हो । सो सामग्री "क" र"ख" वर्गलाई वितरण गरिएको हो । सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर-५ सदस्य कमला गुरूङ,देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त,देवघाट गाउँपालिका नागरिक शहायता कक्षाका प्रमुख होम बहादुर भारती,देवघाट गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुभद्रा भट्टराई,देवघाट गाउँपालिका खानेपानी प्रमुख ध्रुर्व प्रसाद चापागाईं लगाएको उपस्थिति रहेको थियोे ।





