देवघाट गाउँपालिका वडा नं १ मा पहिलो मेलमिलाप सेवा केन्द्र स्थापना

images
  • 401
    SHARES
  • कार्तिक १५, २०८० बुधबार
    देवघाट गाउँपालिका वडा नं १ मा पहिलो मेलमिलाप सेवा केन्द्र स्थापना
    images
    तनहुँ कार्तिक १५
     
    देवघाट गाउँपालिका वडा नं १ कोटामा पहिलो मेलमिपाल सेवा केन्द्र स्थापना गरिएको छ । सो सेवा केन्द्र देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ्गले व्यानर पढेर उद्घाटन गर्नु भएको हो ।
    398654069_318880657445222_886991902660479756_n.jpg
    मेलमिलाप केन्द्रमा दराज टेबुल कुर्सी र मेलमिलाप कर्तालाई आवश्यक पर्ने सम्पूर्ण सामानहरू गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले बताए । उपाध्यक्ष गुरुङले मेलमिलाप केन्द्र विवाद समाधान गर्ने एउटा केन्द्र हो यो केन्द्रले अन्यायमा पर्ने दुबै पक्षको जीत गराएर अगाडि लैजाने स्थान पालिकामा पहिलो केन्द्रको रूपमा उद्दघाटन गरिएको जानकारी गराएका थिए ।
     
    अन्यायमा पर्ने व्यक्तिले आफैंले ७ जना मेलमिलाप कर्ता मध्ये आफैले आफ्नो विवाद समाधान गर्ने मेलमिलाप कर्ता रोज्न पाउने बताउदैँ मेलमिलाप केन्द्रको सहि सदुपयोग गर्न समेत आग्रह गरेका थिए । उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा-१ सदस्य बेल बहादुर गुरूङ,नानुमायाँ वि.क.,मनमायाँ गुरूङ,देवघाट गाउँपालिका वडा नम्बर-५ सदस्य कमला गुरूङ,याम बहादुर मगर,देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त,देवघाट गाउँपालिका योजना शाखा प्रमुख राम प्रसाद सापकोटा,वडा नम्बर-१ सचिव शशी थापा मगर,वडा नम्बर-१ योजना प्राविधिक अनु शाही,वडा नम्बर-१ कृषि प्राविधिक रोशनी के.शी.लगाएको उपस्थिति रहेको थियोे ।
     
    सो कार्यक्रम देवघाट गाउँपालिकाका वडा नम्बर-१ अध्यक्ष मनिराज गुरूङको अध्यक्ष सम्पन्न भएको थियोे ।
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend