प्रतिमा खत्री
तनहुँ कार्तिक १८
देवघाट गाउँपालिकाद्वारा ४ नम्बर वडाका अपाङ्गता भएका व्यक्तिलाई देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा नेतृत्वमा देवघाट-४ कार्यालय र स्वास्थ्य भवनमा पुगी सो सामग्री वितरण गरिएको हो ।

वडा नम्बर ४ मा २० जना अपाङ्गताले सो लत्ताकपडा पाउने भएता पनि आज १२ जनाले मात्रै पाएको थियो।अन्य ८ जना अपाङ्गताहरु भने विविध कारणले अनुपस्थित रहेको हुँदा पछी दिने बताए। सो लत्ताकपडा वितरण कार्यक्रम देवघाटका १ ,२ र ५ वडामा वितरण गरि सकेका छन्। भने आज वडा नम्बर-४ मा रहेका अति अशक्त र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई लत्ताकपडा एवं सामग्री वितरण गरिएको हो ।
लत्ताकपडा "क" र"ख" वर्गलाई वितरण गरिएको हो भने अन्य वर्गलाई गाउँपालिकाले छिट्टै तालिमको आयोजना गर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताएका थिए।देवघाट गाउँपालिकाको नीति अनुसार पालिका भरिका १ सय ३० जना अपाङ्ग भएका व्यक्तिहरूलाई सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,देवघाट गाउँपालिका ४ वडाका अध्यक्ष मित्रलाल गुरुङ्ग, देवघाट गाउँपालिका वडा न ४ वडा सद्स्य पुनु माया गुरुङ, देवघाट ५ वडा सदस्य तथा न्यायिक समिति सद्स्य याम बहादुर थापा र कमला गुरुङ , न्यायिक समिति सद्स्य याम बाहादुर गुरुङ, न्यायिक समिति सद्स्य नर बहादुर गुरुङ, देवघाट गाउँपालिका प्रशासन शाखा अधिकृत गोविन्द प्रसाद पौडेल, योजना शाखा अधिकृत राम प्रसाद सापकोटा, देवघाट गाउँपालिकाका ४ न वडा सचिव रन्जना राई , देवघाट गाउँपालिकाका महिला साखा प्रमुख शुभद्रा भट्टराई , देबघाट गाउँपालिका कृषि विज्ञ रोशनी ढुंगाना लगायतको उपस्थिति थियो भने सो कार्यक्रम देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्ण राज पन्तले सञ्चालन गर्नु भएको थियो ।
फोटो फिचर : बिहानी मिडिया



