तनहुँ कार्तिक २०
देवघाट गाउँपालिकाकाले जाजरकोट रूकुमका भुकम्प पिडितलाई ५ लाख रूपैयाँ रकम सहयोग गर्ने भएको छ । सोमबार गाउँपालिकाको सभाहलमा पालिकाका अध्यक्ष तिल बाहादुर थापाको अध्यक्षतामा भएको बैठकमा पालिकाको विपत व्यवस्थापन कोषबाट रुकुम जाजरकोट भुकम्प पिडितका लागी ५ लाख रूपैयाँ रकम सहयोग दिने निर्णय भएको हो ।
सो बैठकमा बिभिन्न विपत व्यवस्थापन सम्बन्धी छलफल गरी ६ निर्णय गरेको छ । निर्णय: १.सब डिभिजन वन कार्यालय अगाडि देखि चक्रवर्ती सामुदायिक वन भवन आस पास देवपुर गाउँ बाटोमा परेको रूखहरू व्यवस्थापनको लागि सिफारीस गर्ने,२.श्री बराह आधारभूत विद्यालय सरस्वती मन्दिर वरिपरि पहिरो नियन्त्रणको लागि रकम सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश पोखरामा सिफारिस गर्ने,३.देवघाट गाउपलिकाको विपद् व्यवस्थापन कोषबाट गत १८ गते राति गएको पश्चिम रुकुम जाजरकोट जिल्लामा भूकम्पबाट प्रभावित क्षेत्रमा रु ५ लाख उपलब्ध गर्नका लागि कार्यपालिका सक्षम सिफारिस गर्ने निर्णय गरियो । ४. १ नम्बर वडामा पर्ने शालिग्राम कोरिडोर अन्तर्गत देवपुर देखि कोटा सम्मको सडक वरिपरी रहेको रुखहरू बर्षको कारणले ढल्ने रुखहरु पन्छ्याउदा लागेको रकम रु ५६,२१०|- बिपद व्यवस्थापनमा कोषबाट दिने,५.पश्चिम रुकुम जाजरकोट भूकम्प पीडित क्षेत्रमा राहत संकलन गर्नका निम्ति विषय समिति अन्तर्गत विपद् ब्यवस्थापन समितिको संयोजक तथा २ नम्बर वडाका अध्यक्ष मिन बहादुर राना मगरको संयोजकत्वमा समिति गठन ।
मिन बहादुर राना मगरको संयोजकत्व र सबै राजनितिक दलका प्रमुख वा प्रतिनिधिहरु नेपाली कांग्रेस,नेकपा,नेकपा एमाले,नेकपा (माओवादी केन्द्र), राप्रपा, राप्रपा, समाजवादी पार्टी त्यस्तै गरि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर राना,देवघाट ईलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण बाहादुर बाँनिया,देवघाट रेडक्रस सोसाइटीका अध्यक्ष गोबिन्द प्रसाद न्यौपाने,देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ,स्थानीय वन महासंघ प्रमुख वा प्रतिनिधि तर्फबाट प्रबिन कार्की,देवघाट स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकी,देवघाट विपद व्यवस्थापन शाखा होम बाहादुर भारती,बिहानी मिडिया प्रा. लि. आशिक राना,देवघाट रेडियो गोपाल चन्द्र न्यौपाने, देवघाट सन्देश बिष्णु बाहादुर पाण्डे लगाएत रहेका छन् । साथै ६. नम्बर निर्णयमा पश्चिम रुकुम जाजरकोट जिल्लामा भूकम्प प्रभावित भएका घाइतेहरुलाई शिग्र स्वास्थ्य लाभको कामना तथा मृतकलाई श्रदान्जली प्रकट गर्ने निर्णय गरिएको थियोे ।
सो बैठकमा देवघाट गाउँपालिका उपाध्यक्ष तथा विपत व्यवस्थापन समितिका सदस्य भुवन सिँ गुरुङ्ग,देवघाट गाउँपालिका प्रमुख प्रशासनिक अधिकृत तथा विपत ब्यवस्थापन समितिका सदस्य गौरी प्रसाद आचार्य, देवघाट गाउँपालिका वडा नम्बर १ अध्यक्ष तथा विपत व्यवस्थापन समिति सदस्य मनिराज गुरुङ, देवघाट गाउँपालिका वडा नम् २ अध्यक्ष मिन बहादुर राना मगर ,देवघाट गाउँपालिकाका वडा नम्बर ३ अध्यक्ष टेक बाहादुर आले,देवघाट गाउँपालिका वडा नम्बर ४ अध्यक्ष मित्रलाल गुरुङ्ग, देवघाट गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पूर्ण बहादुर कुँवर,नेपाली कांग्रेस देवघाटका सदस्य पुरुषोतम शर्मा पण्डित,नेकपा एमाले देवघाट गाउँ कमिटी अध्यक्ष केशब चन्द्र न्यौपाने, नेकपा माओवादी केन्द्र देवघाट गाउँ कमिटी अध्यक्ष जय कृष्ण सुबेदी,राष्टिय स्वतन्त्र पार्टी देवघाटका संयोजक गोविन्द प्रसाद न्यौपने,उद्योग वाणिज्य संघ देवघाटका रोशन श्रेष्ठ,देवघाट गाउँपालिका पूर्वाधार विकास शाखाका तीर्थ प्रसाद ढुंगाना ,इलाका प्रहरी कार्यालयका कृष्ण बहादुर बानियाँ लगाएतको उपस्थिति रहेको थियो।



