आई जि आई प्रुडेन्सियल कम्पनी लिमिटेडको आयोजना र देवघाट गाउँपालिकाको सहकार्यमा कृषि,पशुपन्छी तथा जडिबुटी अभिकर्ता तालिम आज देखि देवघाट गाउँपालिकाको सिटि हलमा सन्चालन भएको छ ।

सो तालिममा गिता प्याकुरेल र पुर्ण भक्त महर्जनले प्रशिक्षण गर्नुभएको थियो भने आजबाट सुरू भएको उक्त तालिम २२ गते सम्म रहने आइ जि आई प्रुडेन्सियल नारायणगढका ब्रान्च म्यानेजर सन्जय श्रेष्ठले जानकारी दिएको थियोे । साथै सो तालिम पश्चात् देवघाट गाउँपालिकाको सबै वडामा कृषि र पशु सम्बन्धी बिमा गर्न सहज हुने कुरा गाउँपालिकाको कृषि विज्ञ रोशनी ढुंगानाले बताउनु भयो ।




