रूकुम र जाजरकोटका भुकम्प पिडितलाई राहत संकलन अभियानमा जुटे देवघाट

images
  • 1.6K
    SHARES
  • कार्तिक २१, २०८० मंगलबार
    रूकुम र जाजरकोटका भुकम्प पिडितलाई राहत संकलन अभियानमा जुटे देवघाट
    images

    करिष्मा गुरुङ

    तनहुँ, देवघाटमा रूकुम र जाजरकोटका भुकम्प पिडितहरूका लागि राहत संकलन अभियान जुटेका छन् ।

    399686459_321789470487674_6156759642043345902_n.jpg

    आज (मंगलबार) देवघाट गाउँपालिकाको विपद् व्यवस्थापन समितिको आयोजनामा गत शुक्रबार राति ११:४७ मा पश्चिम जाजरकोट र रूकुम जिल्लामा भूकम्प प्रवाभित क्षेत्रमा केही राहत होस् भन्ने उद्देश्यले अभियान सुरू गरिएको हो । अभियान सुरू गरेको पहिलो दिन आज ७१ हजार पाँच रूपैयाँ सहयोग रकम जम्मा भएको छ । सो रकम पालिकाको उपाध्यक्ष भुवन सिं गुरूङको रोहवरमा हस्तान्तरण गरिएको देवघाट विपद व्यवस्थापन समिति सदस्य होम बहादुर भारतीले बताउनु भयो ।

    399435486_321793427153945_1281283635371658479_n.jpg

    साथै आज २१ गतेबाट सुरू गरिएको सो अभियान देवघाटमा केही दिनसम्म सुचारु हुने समेत भारतीले जानकारी दिनुभयो । विपद जुनसुकै ठाउँ र जस्तो बेला पनि हुन सक्छ हामीले अरूलाई दु:ख परेको बेला सहयोग गर्नु हाम्रो कर्तव्य रहेको बताउदैँ देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न अनुरोध गर्नु भएको छ । भुकम्प पिडितको लागि गाउँपालिकाको तर्फबाट पाँच लाख रूपैयाँ र देवघाट-५ वासीहरूबाट उठेको रकम संकलन गरि छिट्टै रूकुम जाजरकोट पुर्‍याउने व्यवस्थापन गर्ने उपाध्यक्ष गुरूङले बताए ।

    386851106_694836872748595_3397721845243418150_n.jpg

    देवघाट विपद व्यवस्थापन समितिले आपतको बेला अभियान आयोजना गरिएकोमा देवघाटवासीहरूले धन्यवाद दिदैँ खुसी व्यक्त गर्दै आफुले सकेको सहयोग दिदैँ हाम्रो सानो सहयोगले भुकम्प पिडितलाई राहत मिलोस भन्दै शुभकामना समेत दिएका थिए ।

    400392613_321786777154610_4653246548503405399_n.jpg

    साथै देवघाट घुम्न आएका पर्यटनहरूले समेत सहयोग दिएका । उक्त अभियानमा देवघाट गाउँपालिका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवर,वडा सदस्य याम बहादुर मगर,देवघाट गाउँपालिका विपद व्यवस्थापन समितिको सम्पुर्ण सदस्यहरु,देवघाटधाम जेसीज,लियो क्लव अफ देवघाट चौतारी लगाएत विभिन्न संघसंस्थाहरूको सहभागीतामा रहेको थियो।

    399689745_321790760487545_2910993653059610704_n.jpg
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend