हरिहर बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभा सम्पन्न

images
  • 462
    SHARES
  • कार्तिक २२, २०८० बुधबार
    हरिहर बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभा सम्पन्न
    images
    तनहुँ कार्तिक २२
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ मा रहेको हरिहर बचत तथा ऋण सहकारी संस्था लि.को ८ औँ वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभा आज देवघाट क्षेत्र विकास समितिको सभाहलमा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवरको प्रमुख अतिथ्यमा भएको थियोे ।
    399986064_322312747102013_5776209714794151062_n.jpg
     
    सो सभामा मन्तव्य दिदैँ वडा अध्यक्ष कुँवरले थोरै वर्षको अन्तरालमै सहकारीले राम्रो नाम कमाएको बताए । सहकारीले राम्रो काम गरे सेयर सदस्यहरू तेति नै धेरै हुने बताउदैँ राम्रो काम गर्दै सेयर सदस्यहरूलाई राम्रो सुविधा दिदैँ अगाडि बढ्न अनुरोध गरेका थिए । साथै आफू पनि सहकारी स्थापना गरेर आएको हुदाँ सहकारीलाई आवश्यक परेको खण्डमा सल्लाह सुझावका साथै गाउँपालिकाको तर्फबाट र आफ्नो व्यक्ति तर्फबाट सकेको सहयोग गर्ने समेत कुँवरले बताए ।
     
    399350921_322320120434609_8566876313271168294_n.jpg
    सभामा संस्थाका सचिव अनिल मिश्रले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे भने संस्थाका कोषाध्यक्ष अर्जुन अधिकारीद्वारा लेखा परिक्षण प्रतिवेदन प्रस्तुत र संस्थाका उपाध्यक्ष पार्वती बोटले स्वागत मन्तव्यद्वारा अतिथिहरूलाई स्वागत गरेका थिए । साथै सहकारीले आठौँ वर्षमा प्रवेश गरेको अवसरमा ९ जना सहकारीका ७० वर्ष माथिका बृद्वा सेयर सदस्यहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियोे । भने समयमै ऋण तिर्ने सेयर सदस्य,दैनिकि तर्फका सेयर सदस्य,मासिक बचत,बाल बचत गर्ने सबैलाई सम्मान गरिएको थियोे । भने संस्थाका सेयर सदस्यहरूका सन्नततीहरू मध्येबाट कक्षा १० को अन्तिम परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल सेयर सदस्य तुलसी पोखरेलका छोरा सन्तोष पोखरेललाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको थियोे ।
     
     
    399657841_322328977100390_4092623869085752699_n.jpgसो कार्यक्रममा संस्थाका सल्लाहकार भवानी तिम्सिना,किसान बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक ऋषिराम सुवेदी,देवघाट गाउँपालिका सहकारी शाखा प्रमुख कृष्णराज पन्त,लेखा सदस्य किरण सुवेदी लगाएतले मन्तव्य दिनुभएको थियोे । विशिष्ट अतिथि देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल,इलाका प्रहरी कार्यालय देवघाट प्रमुख कृष्ण बहादुर बानियाँ,लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियोे । भने सहकारीका अध्यक्ष रोशनदेव आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका भावी गतिविधिहरू समेत अध्यक्ष मार्फत प्रस्तुत गरिएको थियोे । साथै सो कार्यक्रम सहकारीका सचिव अनिल मिश्रले सञ्चालन गर्नु भएको थियो ।
     
    399388204_322322160434405_8855013650170881409_n.jpg
     
     
     
     
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend