तनहुँ कार्तिक २२
तनहुँको देवघाटमा तिन दिने कृषि,पशुपन्छी तथा जडिबुटी विमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

आईजिआई प्रुडेन्सियल कम्पनी लिमिटेडको आयोजना तथा नेपाल विमा प्राधिकरण र देवघाट गाउँपालिकाको सहकार्यमा भएको तिन दिने कृषि,पशुपन्छी तथा जडिबुटी विमा अभिकर्ता तालिम आज(बुधबार) सम्पन्न भएको हो ।

सो तालिम समापनमा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले सीप मानव जीवनको सबैभन्दा ठुलो अभिन्न अंग हो जो सँग सीप छ त्यो व्यक्तिसँग पिएचडि लाई टक्कर दिने क्षमता हुन्छ भन्दै लिएको तालिमलाई प्रभावकारी ढङ्गाले लिन अनुरोध गर्नु भएको छ । साथै थापाले तालिमले व्यक्तिलाई परिपक्वता बनाउदै अगाडि लैजाने बताउदैँ यो तालिमले कृषि तथा पशु शाखाका कर्मचारीलाई ठुलो टेवा पुगेको बताए । कृषि तथा पशुपन्छी जडिबुटी विमा अभिकर्ता तालिम मार्फतबाट धेरै व्यक्तिहरूले अधिकतम लाभ आर्जन समेत गरेको उदाहरणहरू प्रशस्त देखेको बताउदैँ तालिममा सहभागी सबैलाई कृषि तथा पशु विमालाई प्राथमिकता दिएर अघि बढ्न आग्रह गरेका छन् ।

तालिम समापनमा विशिष्ट अतिथि नेपाल विमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव दाहाल,देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर लगाएतको उपस्थिति रहेको थियोे । भने तालिममा कृषि तथा पशु शाखाका गरेर ३३ जनाले तालिममा सहभागी जनाएका थिए । सो तालिममा गिता प्याकुरेल र पुर्ण भक्त महर्जनले प्रशिक्षण दिनुभएको थियो भने गत २०गतेबाट सुरू भएको उक्त तालिम २२ गते सम्म रहेर सम्पन्न भएको आइ जि आई प्रुडेन्सियल नारायणगढका ब्रान्च म्यानेजर सन्जय श्रेष्ठले जानकारी दिनुभएको थियोे । साथै सो तालिम पश्चात् देवघाट लगाएत विभिन्न स्थानीय तहबाट तालिममा सहभागी भएका सबैले आ-आफ्नो वडामा कृषि र पशु सम्बन्धी बिमा गर्न यो तालिमले सहज हुने बताएका थिए । भने सो तालिम कम्पनीको प्रमुख सुजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियोे ।




