देवघाटमा गण्डकी परिक्रमा महोत्सव हुने

images
  • 451
    SHARES
  • मंसिर २, २०८० शनिबार
    देवघाटमा गण्डकी परिक्रमा महोत्सव हुने
    images

    देवघाट कार्तिक २

     

    "परिक्रमा गरौँ पवित्र बनौँ" भन्ने मुल नारा सहित देवघाटधाममा देवघाटधाम गण्डकी परिक्रमा महोत्सव-२०८० हुने भएको छ । नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको सहयोगमा सो महोत्सव सुभारम्भ हुने भएको छ । देवघाटधाम क्षेत्रको धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले परिक्रमा महोत्सव आयोजना गरिएको महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

    मध्य नेपालको तनहुँ,चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधाम र गण्डकीको संगमको पूर्ण पावन उर्जा प्राप्त गर्ने तथा संसारकै दुर्लभ तिर्थ देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत रहेका सन्त माहात्माहरुको अगुवाईमा आगामी मंसिर ९ गते शनिबार कार्तिक शुक्ल बैकुण्ठ चतुर्दशीको दिन उक्त देवघाटधाम गन्डकी परिक्रमा महोत्सव आयोजना गरिएको पौडेलले जानकारी दिए । सो महोत्सव तयारीको लागि आज शनिबार गलेश्वर आश्रम देवघाटमा बैठक सम्पन्न भएको छ ।

    सो बैठकमा सम्बोधन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाटधाम गण्डकी परिक्रमा महोत्सवले देवघाटको धार्मिक पर्यटनको प्रवर्द्धन हुने र भरतपुर महानगरपालिकाको भ्रमण वर्ष २०२४ लाई थप प्रभावकारी बनाउने बताए । साथै अध्यक्ष थापाले देवघाटधाम गण्डकी परिक्रमा महोत्सवको लागि पालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्वता गरे । त्यस्तै गरि थापाले गण्डकी परिक्रमा पुरा गर्न सम्पुर्ण जातजातिको सहभागीता हुनुपर्ने कुरामा समेत ध्यानाकर्षण गराउनु भएको थियोे । गलेश्वर आश्रम देवघाटधामका पिठाधीश अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीले महोत्सव कुनै जातजाति भाषा धर्म नभई स-सम्मान रूपमा आयोजना गरिएको बताउनु भयो ।

    त्यस्तै गरि नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रम देवघाटधामका पिठाधीश श्री ज्ञानानन्द सरस्वतीले देवघाटधाम गण्डकी परिक्रमा-२०८० मा सहभागी भै पुण्य कमाउन सबैलाई आह्वान गर्नु भएको छ । मसिर ९ गते शनिबार बिहान ७ बजे देवघाटधामको बेणी संगमबाट सुरु हुने उक्त गन्डकी परिक्रमा अन्तर्गत तनहुँ तर्फ पशुपतीनाथ मन्दिर, गंगा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पान्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।

    यस्तै चितवन तर्फ देवघाट बसपार्कको संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सिताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बंगाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ । यसैगरि नवलपुर तर्फ गैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए । उक्त महोत्सवमा देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसारको मुख्य कार्यक्रम रहेको छ ।

    उक्त गन्डकी परिक्रमा कार्यक्रममा फोहोर व्यवस्थापन तथा एम्बुलेन्सको व्यवस्था देवघाट गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखाले गर्ने भएको छ भने तनहुँतर्फ सम्पुर्ण सुरक्षाको व्यवस्था इलाका प्रहरी कार्यालय देवघाटले गर्ने भएको छ भने भोजनको व्यवस्था भने हरिहर मन्दिर नारयणगढ र मौलाकाली मन्दिर गैंडाकोटले गर्ने भएको छ ।

    उक्त बैठकमा देवघाट गाउँपालिकाका उपाध्यक्ष भूवन सिं गुरुङ, गाउँपालिकाका प्रवक्ता एवं वडा न ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, नेपाल सन्त समाजका महासचिव तथा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. गुरुप्रसाद सुवेदी, योगी नरहरीनाथ गौ संरक्षण केन्द्र वागेश्वरीका अध्यक्ष नवराज ढकाल, देवघाट गाउँपालिका विपद व्यवस्थापन तथा पर्यटन शाखा प्रमुख होम बहादुर भारती, समाजसेवी तथा बुद्धिजीवी कूलचन्द्र न्यौपाने, मौलाकालिका मन्दिर संरक्षण समिति गैडाकोटका अध्यक्ष शालिग्राम सापकोटा, गाउँसुधार समिति देवपुरका अध्यक्ष सुकु गुरुङ,नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाका सभापति गोविन्द प्रसाद न्यौपाने लगायतले बैठकमा परिक्रमालाई कसरी सफल पार्ने भन्ने बिषयमा आफ्नो भनाइ राख्नु भएको थियोे भने अन्य विभिन्न सँघसँस्थाका बुद्धिजीवी व्यक्तिहरूको सहभागीता रहेको थियोे ।403827280_327394593260495_1239327009762330342_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend