देवघाट क्षेत्र विकास समितिद्वारा बृहत सरसफाई

images
  • 421
    SHARES
  • मंसिर ६, २०८० बुधबार
    देवघाट क्षेत्र विकास समितिद्वारा बृहत सरसफाई
    images

     प्रतिमा खत्री

    "पवित्र तीर्थस्थल देवघाटधाम स्वच्छ सफा हराभरा हाम्रो अभियान"भन्ने मुल नारा सहित देवघाटमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । सो सरसफाइ कार्यक्रम देवघाट क्षेत्र विकास समितिको आयोजनामा आउदैँ गरेको हरिबोधनी एकादशी मेलालाई मध्येनजर गरेर भरतपुर महानगरपालिका-१ देवघाट चितवन तर्फ गरिएको हो ।

    आज बिहान ७ बजे शुरु भएको सो कार्यक्रम भरतपुर महानगरपालिका मेयर रेणु दाहालले उद्घाटन गर्नुभएको थियो। सरसफाइ देवघाट चितवन तर्फको झलुङ्गे पुलबाट सुरू गरि आपटारी सम्म सरसफाई गरिएको हो ।

    403102614_1112683730105403_5896006898925034249_n.jpg

    हरिबोधनी एकादशी,गण्डकी परिक्रमा र भरतपुर भ्रमण बर्ष लाई मध्यनजर गर्दै उक्त सरसफाई कार्यक्रम राखिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो।

    सो सरसफाई कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका ब्यबस्थापन समितीका कर्मचारी पदअधिकारीहरु,देवघाट सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बाहादुर भारती, पदअधिकारी,प्रहरी तालीम केन्द्र परिवार,शास्त्र प्रहरी, जनपद प्रहरी कर्मचारी,देवघाट बसपार्क ब्यबस्थापन समिती, महानगरपालिकाका सफाइ कर्मचारी लगायत अन्य स्थानीयहरूको उपस्थिति रहेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend