देवघाट मंसिर १५
"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता"भन्ने राष्ट्रिय नाराका साथमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा कार्यस्थलमा हुने लैङ्गिक हिंसा सम्बन्धी कानूनी सचेतना सम्बन्धी दुई दिने तालिमको आजबाट सुभारम्भ भएको छ । आजबाट सुरू भएको सो तालिम भोलि समापन हुने देवघाट गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुभद्र भट्टराईले जानकारी दिनु भएको थियोे ।

सो तालिमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ्गले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसर र समाजमा धेरै हिंसाहरू घटिरहने भएको हुदाँ त्यसलाई केही हद सम्म भएपनि अन्त्य गर्न सकिन्छ भनेर दुईदिने तालिमको आयोजना गरिएको बताए । साथै पालिकाले हरेक वर्ष जस्तै यो बर्ष लैङ्गकि हिंसाको विषयमा तालिमहरू गर्ने समेत जानकारी दिनुभएको थियोे । तालिममा देवघाट गाउँपालिका भित्रका सम्पूर्ण शिक्षक शिक्षिका र पालिका स्तरीय महिला सञ्जालको पदाधिकारीहरूको सहभागीतामा पहिलो दिनको तालिम शुभारम्भ भएको थियोे ।
सो अभिमुखीकरण तालिमको पहिलो दिनको पहिलो सत्रमा गोपिलाल देवकोटाले कानुनको परिचय र महिला विरूद्वका हिंसा र राष्ट्रिय महासन्धी विषयमा प्रशिक्षण दिनुभएको थियोे भने प्रशिक्षक संगिता उप्रेतीले हिंसाका प्रकारहरू र रोकथामका उपायहरू र कार्यस्थल हुने यौनजन्य हिंसा,यसका परिभाषा/प्रकार र असरको विषयमा प्रशिक्षण दिनु भएको थियोे । सो कार्यक्रम देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आर्चायको अध्यक्षतामा सम्पन्न भएको थियो ।



