देवघाट मंसिर १५ प्रतिमा खत्रि
देवघाट गाउँपालिकाका वडा नम्बर ५ स्थित रहेको देवघाट सार्वजनिक पुस्तकालयको १० औँ र १९ औँ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। सो साधारण सभा आज रेडक्रसको भवनमा भएको थियो । सभामा पुस्तकालयको आर्थिक आयव्यय देवघाट सार्वजनिक पुस्तकालयका सदस्य अर्जुन अधिकारीले प्रस्तुत गर्नुभएको थियो। २०७९/८० को प्रगति प्रतिबेदन,भावी कार्यक्रम र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष महेन्द्र प्याकुरेलले प्रस्तुत गर्नु भएको थियोे ।

सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले मन्तब्य दिदैँ देवघाट सार्वजनिक पुस्तकालयलाई अघि बढाउन सदैव पहल गर्ने र देवघाट गाउँपालिकाले अघिल्लो बर्षमा १० लाख रुपैया बजेट बिनियोजन गरिएको र अबको आर्थिक वर्षमा पनि देवघाट सार्वजनिक पुस्तकालयलाई पूर्णता दिनका लागि आफुले सकेको पहल गर्ने बताउनु भएको थियो। साथै उपाध्यक्ष गुरुङले पुस्तकालयलाई सहयोग गर्नुहुने दाता हरुलाई धन्यवाद व्यक्त गर्दै सबैले पुस्तकालयलाई सम्पन्न गर्न सहयोग गर्नुपर्छ भन्दै आफ्नो ब्यक्तिगत तर्फबाट ११ हजार १ सय १ रुपैयाँ पुस्तकालयलाई सहयोग गर्नुभएको थियो। साथै सो कार्यक्रमका विशिष्ट अतिथी देवघाट गाउँपालिकाका प्रबक्ता एबम् वडा नम्बर ५ अध्यक्ष पूर्ण वहादुर कुँवरले पुस्तकालयलाई वडाको तर्फबाट २ लाख रुपैया बजेट बिनियोजन गरिएको जानकारी दिनुभएको थियो ।

साथै कुवरले पुस्तकालयलाई आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। सो कार्यक्रममा देवघाट गाउँपालिकाका वडा सदस्य कमला गुरुङ, देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने, कालिका सामुदायिक वनका अध्यक्ष कृष्ण राज न्यौपाने लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष शिवराज पैडेलले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा बिहानी मिडिया र देवघाट महिला संजालको संयुक्त आयोजनामा आयोजित तिज गित प्रतियोगितामा सान्तवना हुने महिला दिदी बाहिनीहरुलाई प्रोत्साहन स्वरूप खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो । सो कार्यक्रम पुस्तकालयका सचिव फणिन्द्र प्रसाद पाैडेलले सञ्चालन गर्नुभएको थियो भने सो कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष जय कृष्ण सुवेदिको अध्यक्षतामा सम्पन्न भएको छ ।



