देवघाट
मंसिर १६ गते देवघाट गाउँपालिकाका वडा नम्बर ५ दासढुङ्गा देवपुर जाने बाटोको नयाँवस्ती स्थित देवघाट इलाका प्रहरी कार्यालय नजिकैको बायाँ पट्टी साइडको नालामा एक व्यक्ति मृत अवस्थामा फेला परेका थिए ।
मृत व्यक्ति झापा अर्जुनधाराका गोपाल न्यौपाने रहेको प्रहरीले बताएका छन् । उक्त शव नालामा अनुहार नदेखिने घोप्टो अवस्थामा देखेपछि स्थानियहरुले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।
यस विषयमा थप जानकारीका लागि प्रहरीले अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्ण बहादुर बानियाँले जानकारी दिए ।



