लैङ्गिक हिंसा कानूनी सचेतना सम्बन्धी दुई दिने तालिम आज सम्पन्न

images
  • 683
    SHARES
  • मंसिर १६, २०८० शनिबार
    लैङ्गिक हिंसा कानूनी सचेतना सम्बन्धी दुई दिने तालिम आज सम्पन्न
    images

     तनहुँ मंसिर १६

    "लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता"भन्ने राष्ट्रिय नाराका साथमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आयोजना गरिएको कार्यस्थलमा हुने लैङ्गिक हिंसा सम्बन्धी कानूनी सचेतना सम्बन्धी दुई दिने तालिमको आज समापन भएको छ ।

    407488738_334567909209830_2721662140817989021_n.jpg

    सो तालिम शनिबार देवघाट गाउँपालिकाको सभाहलमा पालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख अतिथ्यमा समापन भएको थियोे । सोही समापनमा समारोहमा अध्यक्ष थापाले समाजमा लैङ्गकि हिंसा सम्बन्धित धेरै बिक्रीतिहरू फैलिएको देखेको बताउदैँ यस तालिम लिएका व्यक्तिहरूले आफ्नो समाजमा रहेका त्यस्ता विक्रितिलाई केही हदसम्म भएपनि कम गर्न सकिने बताए । साथै तालिम अधिकतम शिक्षक शिक्षिकाहरूले लिएको हुदाँ देवघाट गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई यस सम्बन्धि धेरै राम्रो कुराको ज्ञान दिलाउन सकिने थापाले प्रतिवद्वता गरे । यस लैङ्गकि हिंसा सम्बन्धित पालिकामा वर्षैपिच्छे विभिन्न तालिमहरूको आयोजना गरेको समेत जानकारी गराउदैँ फेरि पालिकाबाट यस्तै प्रभावकारी मुलक तालिम आयोजना गर्ने समेत बताए ।

    407233851_334566685876619_8901882205047961940_n.jpg

    उक्त तालिममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर -५ अध्यक्ष पूर्ण बहादुर कुँवर,वडा सदस्य बुद्वि बहादुर पाण्डे,याम बहादुर मगर,देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्ण राज पन्त, देवघाट गाउँपालिका स्तरीय महिला संजाल अध्यक्ष राधादेवी खनाल,प्रशिक्षक गोपिलाल देवकोटा लगाएतले मन्तव्य दिनु भएको थियोे । सो अभिमुखीकरण तालिमको पहिलो दिनको पहिलो सत्रमा गोपिलाल देवकोटाले कानुनको परिचय र महिला विरूद्वका हिंसा र राष्ट्रिय महासन्धी विषयमा प्रशिक्षण दिनुभएको थियोे भने प्रशिक्षक संगिता उप्रेतीले हिंसाका प्रकारहरू र रोकथामका उपायहरू र कार्यस्थल हुने यौनजन्य हिंसा,यसका परिभाषा/प्रकार र असरको विषयमा प्रशिक्षण दिनु भएको थियोे भने तालिमको दोस्रो दिन मानव बेचबिखन तथा ओसारपसार,विवाह,सम्पत्ति / स्त्री धन सम्बन्धि विषयमा प्रशिक्षण दिनु भएको थियोे ।

    407350344_334568392543115_8800666027528360170_n.jpg

    भने तालिम देवघाट गाउँपालिका भित्रका सम्पूर्ण शिक्षक शिक्षिका र पालिका स्तरीय महिला सञ्जालको पदाधिकारीहरूको सहभागीतामा तालिम भएको थियोे । उक्त तालिम समापन कार्यक्रम देवघाट गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुभद्र भट्टराईले सञ्चालन गर्नु भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend