गोहिटार कृषि सहकारी संस्थाको ९ औँ वार्षिक साधारणसभा सम्पन्न

images
  • 343
    SHARES
  • मंसिर १६, २०८० शनिबार
    गोहिटार कृषि सहकारी संस्थाको ९ औँ वार्षिक साधारणसभा सम्पन्न
    images

    तनहुँ मंसिर १६

    देवघाट गाउँपालिका वडा नम्बर-५ स्थित रहेको गोहिटार कृषि सहकारी संस्था लि. को ९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको साधारणसभा आज देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख अतिथ्य भएको थियोे । उक्त साधारणसभामा मन्तव्य दिदैँ अध्यक्ष थापाले देवघाटका सहकारीहरू मध्ये गोहिटार सहकारी पनि एउटा राम्रो सहकारी भित्र पर्ने बताउदैँ आगमि दिनहरूमा पनि कानुनी नियमको प्रावधान अनुसार सहकारीलाई अगाडि बढाउन अनुरोध गर्नु भएको थियोे ।

    407333552_334553102544644_874174486660844443_n.jpg

    साथै अध्यक्ष थापाले देवघाटको जतिपनि सहकारीलाई बजेटको व्यवस्था गर्ने बिश्वस दिलाउदैँ यस सहकारीलाई यहिँ आर्थिक वर्षमा बजेट पर्ने समेत जानकारी दिनु भएको थियोे । भने थापाले सहकारीको लागि देवघाट गाउँपालिकाको तर्फबाट हुने सहयोगमा कुनै कन्जुस्याइँ समेत नगर्ने प्रतिवद्वता जनाउनु भएको थियोे । देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर -५ अध्यक्ष पूर्ण बहादुर कुँवरले उक्त साधारणसभामा सहकारीलाई प्रगतिको कामना व्यक्त गर्दै नियम कानुन अनुसार अगाडि बढ्न अनुरोध गर्दै वडाको तर्फबाट गर्नुपर्ने कुरामा हरदम सहयोग रहने बताए ।

    407362493_334553369211284_1024450330646368616_n.jpg

    सो कार्यक्रममा देवघाट गाउँपालिकाका सहकारी प्रमुख कृष्णराज पन्तले सहकारीको नीति नियम र कानुनको विषयमा प्रस्ट पार्नु भएको थियोे । साथै पन्तले सहकारीलाई नियम कानुन अनुसार अगाडि बढाउन अनुरोध गर्दै आवश्यक परेको खण्डमा आफुले सहकारीलाई प्रशिक्षण दिने समेत तयार रहेको बताउनुभएको थियोे । देवघाट गाउँपालिका वडा नम्बर-५ सदस्य याम बहादुर मगर,देवघाट गाउँपालिका कृषि शाखा प्रमुख बल बहादुर सिकर्मी,शिद्वमहाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव तिवारी,स्वणीम आमा समूहका अध्यक्ष पूर्णकला वाग्लेले मन्तव्य दिनु भएको थियोे ।

    407577468_334553675877920_2636704150094704510_n.jpg

    सो कार्यक्रममा सहकारीका सेयर सदस्यहरू लगाएत अन्य बुद्धिजीवी व्यक्तिहरूको सहभागीता रहेको थियोे । सो साधारणसभामा संस्थाका कोषाध्यक्ष बद्री प्रसाद मिश्रले सामाजिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे भने कार्यक्रम संस्थाका सचिव भरत आचार्यले सञ्चालन गर्नु भएको थियोे । साथै कार्यक्रम सोही सहकारीका अध्यक्ष विष्णु प्रसाद सुवेदीको अध्यक्षता सम्पन्न भएको थियोे ।

    407242937_334554205877867_6063472374067377809_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend