देवघाटको धार्मिक साँस्कृतिक तथा प्राकृतिक महत्त्व,धार्मिक पर्यटन प्रवर्द्धन गर्दै रेडियो नेपाल

images
  • 274
    SHARES
  • मंसिर १६, २०८० शनिबार
    देवघाटको धार्मिक साँस्कृतिक तथा प्राकृतिक महत्त्व,धार्मिक पर्यटन प्रवर्द्धन गर्दै रेडियो नेपाल
    images

     तनहुँ प्रतिमा खत्री

    रेडियो नेपालद्वारा आयोजित स्थलगत रेडियो बहस कार्यक्रम एवं देवघाटको धार्मिक साँस्कृतिक तथा प्राकृतिक महत्त्व,धार्मिक पर्यटन प्रवर्द्धनका लागि सरोकारसँग वहस कार्यक्रम आज देवघाट क्षेत्र विकास समितिको सभाहलमा सम्पन्न भएको छ।

    407668679_334547139211907_1599926967733891980_n.jpg

    सो कार्यक्रममा धार्मिक पर्यटकीय स्थल देवघाटको पर्यटकीय महत्व,धार्मिक सांस्कृतिक महत्व, पर्यटन प्रवर्द्धनका लागि भएको प्रयास र समस्या चुनौती समाधानका लागि सरोकारवाला निकायको भुमीका र आर्थिक समृद्धिको आधार देवघाटधामबारे अन्तरक्रिया एवं बहस गरेका थिए ।

    407640255_334547389211882_3943879628815709015_n.jpg

    कार्यक्रमलाइ सम्बोधन गर्दै देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाटको धार्मिक साँस्कृतिक तथा प्राकृतिक महत्त्व भएको स्थानलाई धार्मिक पर्यटन प्रवर्द्धनका लागी गाउँपालिकाले सवै संग समन्वय गरी दिगो बिकास गर्ने बताए।साथै अध्यक्ष थापाले पछिल्लो समय युवाहरुको रोजगार र अवसरलाई लक्ष्यित गरी विविध तालीम कार्यक्रमको आयोजना गर्दा पनि युवा पुस्ताको सहभागिता न्यून देख्दा दुख व्यक्त गरेका थिए।

    407745659_334547052545249_3256451735271315761_n.jpg

    कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवरले देवघाटका समस्या र समस्या समाधानका विषयलाई उजागर गर्दै पबित्र कालीगण्डकीलाई सधैं सफा र स्वच्छता राख्न देवघाट गाउँपालिका र क्षेत्र बिकासले सधैं ध्यान कुरामामा जोड दिएका थिए।

    407662278_334547462545208_6868679453810935694_n.jpg

    उक्त कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल,देवघाट ५ वडा सदस्य बुद्धि बहादुर पाण्डे र याम बहादुर मगर,देवघाट महिला सञ्जालका अध्यक्ष राधादेवी खनाल, भरतपुर महानगरपालिका पर्यटन विद डा. विश्व सुवेदी, कालिका सामुदायिक वनका अध्यक्ष कृष्ण राज न्यौपाने, पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख दिपक सिंह धामी, देवघाट गाउँपालिकाका पर्यटन शाखा प्रमुख होम बहादुर भारती,देवघाट उद्योग बाणिज्य संघका रोशन श्रेष्ठ लगायत बुद्धिजीवी व्यक्तिहरूको सहभागीता रहेको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend