बाँदर नियन्त्रण र व्यवस्थापन गर्न देवघाटमा अन्तरक्रिया कार्यक्रम

images

  • 343
    SHARES
  • मंसिर १८, २०८० सोमबार
    बाँदर नियन्त्रण र व्यवस्थापन गर्न देवघाटमा अन्तरक्रिया कार्यक्रम
    images

    तनहुँ मंसिर १८

    आजभन्दा धेरै बर्ष अगाडि देखि नै देवघाटवासीहरूको मुख्य समस्याको रूपमा रहेको बाँदरलाई नियन्त्रण गर्नको लागि सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

    408213493_335570815776206_5857032487842223272_n.jpg

    सो अन्तरक्रिया कार्यक्रम देवघाट क्षेत्र विकास समितिको आयोजनामा "बादर नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी विषयमा अन्तरक्रिया गरिएको हो । देवघाटमा बाँदरले धेरै सास्ती गर्नुका साथै आतंक मच्चाउने गर्ने हुदाँ यस समस्यालाई केही हदसम्म भएपनि समाधान गर्न सकिन्छ कि भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । सो अन्तरक्रिया कार्यक्रममा बाँदर नियन्त्रण तथा व्यवस्थापन विषयमा भनाइ राख्दैँ चितवन क्षेत्र नम्बर २ का प्रदेश सांसद कृष्ण प्रसाद सिलवालले मावन प्राणीले जस्तै अन्य प्राणीले पनि स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ भन्दै देवघाटको ठुलो समस्याको रूपमा रहेको बाँदरलाई गहिरिएर समाधानको बाटो अवलम्बन गर्नुपर्ने बताउनु भयो ।

    408272721_335570289109592_7913346098894286343_n.jpg

    सांसद सिलवालले आज भएको यस बाँदर नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी बैठकमा भएका कुराहरू सांसदमा जस्ताकोतस्तै पुर्‍याउने बताउदैँ यस बाँदर समस्याको समाधान गर्न आँफुले सक्दो सहयोग गर्ने समेत प्रतिवद्वता गर्नु भएको थियोे । साथै देवघाटमा पहिलोपटक कार्यक्रममा आउन पाउँदा खुसी व्यक्त गर्दै देवघाटको विकासको लागि र यहाँको विभिन्न समस्याहरू समाधान गर्नको लागि आफु सधै लागि पर्ने आश्वासन दिनु भएको थियोे । बाँदर नियन्त्रण तथा व्यवस्थापन विषयमा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाट क्षेत्रमा मात्रै नभएर पुरै पालिका भरि बाँदरसँग लडेर बाँच्नु पर्ने अवस्था आएको बताउदैँ देवघाटमा भने अलि बढि समस्या रहेको बताए । देवघाटमा आउने धार्मिक तथा अन्य पर्यटकहरूलाई दु:ख दिने मन्दिरमा चढाउन ल्याएको फलफूल खोस्दिने,अन्नबाली खाइदिने,भक्तिटोलका आमाबुवाहरूको भातको कसौंडी लगेर खाइदिने र धेर मान्छेलाइमान्छेलाइ मान्छेलाइलाई टोकेर घाइते बनाइदिने जस्ता समस्या भैरहेको हुदाँ देवघाट गाउँपालिकाले गर्नुपर्ने काम यो यो हो भनेर विधिगत रूपमा कानुन नलाग्ने जस्तै निति आएपनि यस समस्या समाधान गर्ने अध्यक्ष थापाले प्रतिवद्वता गर्नुभएको थियोे ।

    408265519_335572172442737_6619021526756669956_n.jpg

    देवघाटमा बाँदर नियन्त्रणको लागि धेरै प्रकृयाहरू गरेर पनि बाँदर नियन्त्रण हुन नसकेको जानकारी गराउदैँ अब सरकारले निति,कानुन बनाएर अघि बढे मात्रै देवघाटमा बाँदर नियन्त्रण हुने अध्यक्ष थापाको भनाइ छ । सो कार्यक्रममा भरतपुर महानगरपालिकाका उप-मेयर चित्रसेन अधिकारीले बाँदरलाई पनि उसको हकअधिकार अनुसार बाँच्न दिनुपर्छ भन्दै बाँदरको बाँदर समस्यालाई कम गर्न दीर्घकालीन सोच राखेर त्यसलाई बाँदर पार्क बनाएर हुन्छ कि परिवार नियोजन गरेर हुन्छ छिटोभन्दा छिटो समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने बताए । साथै देवघाटको समस्या भनेको सबैको समस्या हो भन्दै देवघाटको जति पनि समस्याहरू छन् त्यसलाई महानगरपालिकाले सकारात्मक लिनुका साथै सकेको बजेट समेत विनियोजन गर्ने प्रतिवद्वता गरे । सो कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले देवघाटको बाँदर नियन्त्रणको लागि आफ्नो कार्यकालमा धेरै प्रयास र प्रयत्न गरेको बताउदैँ स्थानीय सरकार र प्रदेश सरकारले यस समस्यालाई गम्भीरताका साथ अगाडि बढाउन अनुरोध गर्नु भएको थियोे ।

    408229710_335571885776099_759852483500368506_n.jpg

    देवघाट क्षेत्रमा बाँदर र मान्छे दुईबिच मिलेर बस्ने वातावरण नरहेको समाजसेवी रामनाथ मिश्रले बताए । बाँदरको कारणले देवघाटका मान्छेहरूले आफुले चाहेजस्तो व्यापार व्यवसाय समेत गर्न नसकेको जानकारी बताए । साथै पवित्र स्थल देवघाटवेणी संगममा तिर्थालु भक्तजनहरू नुहाउने क्रममा आफ्नो कपडा समेत बोकेर लैदिने जस्तो समस्या समेत भोगेको बताउदैँ यस समस्यालाई सरकारले छिट्टै समाधान गर्नुपर्ने बताए । सो बाँदर नियन्त्रण तथा व्यवस्थापन विषयमा चक्रबर्ती आश्रम व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद तिम्सिना,सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्ट,उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ,गार्गी कन्य गुरूकुलका राम प्रसाद वस्ती,श्रीसीताराम संस्कृत माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शरण सिग्देल लगाएतले आफ्नो धारणा व्यक्त गर्नु भएको थियोे ।

    408272558_335571542442800_838079044011399525_n.jpg

    भने देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,इलाका प्रहरी कार्यालय देवघाट प्रमुख कृष्ण बहादुर बानियाँ,देवपुर टोलका अध्यक्ष सुकुलाल गुरूङ लगाएत अन्य बुद्धिजीवी व्यक्तिहरूको उपस्थिति रहेको थियोे । देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले सञ्चालन गर्नु भएको सो कार्यक्रम देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर रानाको अध्यक्षमा सम्पन्न भएको थियोे ।

    408244188_335572362442718_2549061426290800768_n.jpg



    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend