सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा देवघाटकी पार्वती गुरुङले दिलाएको १ स्वर्ण पदक सहित नेपाल २९ स्वर्ण पदकले च्याम्पियन

images
  • 392
    SHARES
  • मंसिर १८, २०८० सोमबार
    सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा देवघाटकी पार्वती गुरुङले दिलाएको १ स्वर्ण पदक सहित नेपाल २९ स्वर्ण पदकले च्याम्पियन
    images

     देवघाट मंसिर १८,

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ क्वादी निवासी नर बहादुर गुरुङको ३ छोरी र १ छोरा छन्।ति मध्य कान्छी छोरी हुन् पार्वती गुरुङ।सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा नेपालको लागि ४५ केजी मुनीका महिला समुह तर्फ फाइनल खेलमा बंगलादेशकी अर्पा सलिहालाई पराजित गर्दै नेपालको लागि १ स्वर्ण पदक दिलाएका थिए भने सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको थियो ।

    नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यका साथ दोस्रो भयो । नेपाल कराँते महासङ्घद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कास्य हात पार्‍याे ।ककी

    त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कास्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कास्यसाथ श्रीलंकाको टिम पाँचौँ तथा २ कास्यसाथ भुटान छैटौँ भए । दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend