करिस्मा गुरुङ देवघाट मंसिर १८
सातौँ दक्षिण एसियाली कँराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेर घर फर्केकी देवघाट-५ क्वादी निवासी पार्वती गुरूङलाई घर समुदायमा भव्य स्वगत गरेका छन ।

गुरूङलाई घर पुग्ने बित्तिकै समुदायका आफन्तहरु र घरपरिवारले फुलमालाले स्वागत गरेका छन्।साथै रजत पदक जितेका निक्षा थापा मगरलाई पनि स्वगत गरेका छन्। स्वर्ण पदक जितेर घर आइपुगेका पार्वतीकी हजुर आमाले प्रगतिले शिखर चुम्नु भन्दै आशिर्वाद समेत दिनुभएको छ ।
पार्वतीले ४५ के.जी. मुनि भएको महिला प्रतियोगिताको अन्तिम चरणमा बंगलादेशकी महिला खेलाडी अर्पा सलिहालाई हराउदैँ विश्व सामु आफ्नो देश नेपालको नाम सहित आफ्नो जन्मभूमी देवघाटको नाम राख्न सफल भएकी छन् ।



