मंसिर १९
प्रतिमा खत्री
२० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा देवघाटका ९ जना स्वयंसेवीकालाई सम्मान गरिएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले ठुलो योगदान पुर्याएको भन्दै हौसला स्वरूप मंगलबार देवघाट गाउँपालिकाका वडा नम्बर-५ का ९ जना महिला स्वास्थस्वयंसेविकाहरुलाई सम्मन गरिएको हो । लाई सम्मलाई गरिएको हो ।जमुना न्यौपाने,बिमला बोटे,इन्दिरा अर्याल, माया शर्मा, सिर्जना बोटे,मनमाया नेपाली,कुमारी थापा,रसिला श्रेष्ठ र कमला गुरूङलाई खादा र टिका लगाएतलाई लाईसम्मन गरिएको हो ।
सो कार्यक्रम देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । भने कार्यक्रममा देवघाट गाँउपालिका स्वास्थ शाखा प्रमुख प्रदिप कुमार बुढाथोकीले स्वागत मन्तव्य राख्नु भएको थियो । साथै उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाट ५ नम्बर वडामा बसोबास गर्ने गर्भवती महिलाहरुलाई सल्लाह दिने सेवा सुविधा तथा विविध कार्यक्रमहरुमा सेवा पुर्याउदैँ आउने महिला स्वयंम सेविकाहरुको योगदान प्रति उच्च आदार,सम्मान र खुसी व्यक्त गर्नुभएको थियो । आगामि दिनहरुमा स्वास्थ्य स्वयं सेविकाहरुलाई बजेट बिनियोजन गरि विभिन्न सेवा सुविधा दिलाउन प्रयास गर्ने समेत थापाले बताउनु भएको थियो।
सो कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५ वडा अध्यक्ष पूर्ण बहादुर कुँवरले महिला स्वास्थ स्वयंसेविकाहरुलाई नेपाल सरकारको निति अनुसार नै सेवा सुविधा दिदैँ आएको बताएका थिए । उनले स्वस्थ स्वयंसेविका हरुले गाउँघरमा दिने जनचेतना,पोलियो खोप, तथा गर्भवती महिलाहरुलाई सल्लाह सुझाव दिदै गाउँघरमा जनचेतना फैलाएर आमा र बच्चालाई स्वस्थ राख्न मद्दत गरकोमा धन्यबाद ब्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा महिला स्वास्थय स्वयंसेविकाहरूले स्वस्थ स्वयंसेविका भएपछि समाजमा इज्जत पाइने र हाललाई नेपाल सरकारबाट धेरै सेवा सुविधा हामीलाई प्रदान नभए पनि आगामि दिनहरुमा आउने स्वस्थ स्वयम सेविकाहरुलाई राम्रो सेवा सुबिधा होस भन्दै आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो।
देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित धर्मार्थ अस्पतालमा भएको सो कार्यक्रममा देवघाट गाउँपालिकाका वडा नम्बर ५ सदस्य कमला गुरुङ, बुद्धि बहादुर पाण्डे,याम बहादुर मगर, सरस्वति परियार, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, डा.सुरज कुमार यादव,महिला स्वास्थस्वयंसेविका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।



