देवघाट मंसिर २०
देवघाट गाउँपालिका वडा नम्बर-३ साराङ्गघाटमा रहेको शुद्ध गाउँ तथा टोल स्तरीय खुल्ला भलिबल प्रतियोगितामा
ढोडेनी टोल बिकास संस्था प्रथम भएको छ । गोन्द्राङ्ग साराङ्घाट टोल स्तरीय खेलकुद समितिको आयोजना भएको भएको सो खुल्ला भलिबल प्रतियोगितामा ढोडेनी टोल बिकास संस्था गैंडाकोट ३ प्रथम: गोन्द्रङ्ग साराङ्गघाट टोल बिकास संस्था देबघाट ३द्वितीय र साराङघाट टोल बिकास संस्था बन्दिपुर ६ तृतीय भएको हो ।
प्रथम हुने टिमलाई नगद ३० हजार सहित मेडल र प्रमाणपत्र,द्वितीय टिमलाई २० हजार नगद सहित मेडल र प्रमाणपत्र,तृतीय टिमलाई १० हजार नगद सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियोे । भने सो प्रतियोगितामा २२ टिमको सहभागीता रहेको थियोे ।
सो भलिबल प्रतियोगिताको अन्तिम दिन कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नम्बर-३ अध्यक्ष टेक बहादुर आलेले खेलकुद विकासको लागी र टोलटोलबाट खेलाडी उत्पादन गर्न टोल स्तरीय भलिबल प्रतियोगिता कार्यक्रमले निकै ठुलो भुमिका खेल्ने बताउनु भएको थियोे ।
साथै देवघाट गाउँपालिका मै पहिलो पटक टोल स्तरीय भलिबल प्रतियोगिता कार्यक्रम गरिएको बताउदैँ यस कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष आलेले प्रतिबद्धता जनाउनु भयो ।
सो कार्यक्रम सँस्थाका अध्यक्ष तेज बहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको थियोे ।



