वडा-५ द्वारा देवघाटका जेष्ठ नागरिकलाई नि:शुल्क मधुमेह परिक्षण

images
  • 406
    SHARES
  • मंसिर २०, २०८० बुधबार
    वडा-५ द्वारा देवघाटका जेष्ठ नागरिकलाई नि:शुल्क मधुमेह परिक्षण
    images
     देवघाट, मंसिर २०
    देवघाट गाउँपालिका वडा नम्बर-५ भित्रका जेष्ठ नागरिकहरूलाई नि:शुल्क मधुमेह (सुगर) परिक्षण गरिएको छ ।
    407987955_336645619002059_7007357877081247209_n.jpg
     
    गाउँघर क्लिनिक कार्यक्रम अन्तर्गत वडा-५ कार्यालयको आयोजनामा वडा भित्रका ६० वर्ष भन्दा माथिका उमेरका ज्येष्ठ नागरिकहरुका लागि नि:शुल्क मधुमेह (सुगर) परिक्षण कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताउनु भयो । देवघाट गाउँपालिका धर्मार्थ अस्पताल एवं स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी हरुले वडा नम्बर ५ का विभिन्न टोल टोलमा पुगी जेष्ठ नागरिकको मधुमेह परिक्षण गर्नेछन् ।
    407717738_336645895668698_4022119051641190630_n.jpg
    पहिलो दिन बुधबार बुद्धचोक ३१ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्यकर्मीहरुले आगामी मंसिर २५ गते सम्म विभिन्न टोलमा पुगेर सुगर परिक्षण गर्ने वडा अध्यक्ष कुंवरले जानकारी दिनुभयो । जसअनुसार मंसिर २१ गते कालिमाटी, मंसिर २२ गते पिपलटार, मंसिर २३ गते सेतीभतेरी, मंसिर २४ गते साँढेबगर र मंसिर २५ गते साउनेमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिनेछ ।
     
    बाँकी अन्य टोलहरुमा चाँडै नै समय तालिका सार्वजानिक गरि स्वास्थ्य परिक्षण कार्यक्रम सन्चालन गरिने वडा अध्यक्ष कुँवरले बताए ।
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend