देवघाट मंसिर २१
प्रतिमा खत्री
सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत देवघाट गाउँपालिकाका जनप्रतिनिधिहरू अभिमुखिकरण कार्यक्रम दिइएको छ । सो अभिमुखिकरण कार्यक्रम बिहिवार देवघाट गाउँपालिकाको सभाहलमा भएको थियोे । सो कार्यक्रममा शैलेन्द्र मिश्र र लुना रानाले प्रशिक्षण दिनु भएको थियो।

भने तालिममा बैदेशिक रोजगारको वर्तमान अवस्था चुनैती र सुरक्षित आप्रवासन (समी) कार्यक्रमको संक्षिप्त जानकारी दिनुभएको थियोे । त्यस्तै गरि वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने उपाए नियम तथा बैदेशिक रोजगारमा गएर ज्यान गुमाएका तथा आशक्त अङ्गभङ्ग परेका व्यक्तिहरु श्रम गरेको अन्तिम अवधिसम्म नियम अनुसार काजगाजत पेश गरेरमा राहत मिल्ने जानकारी दिएका थिए ।

सो एक दिने सामि तालिममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा,उपाध्यक्ष भुवन सिं गुरूङ,देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल, देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त,कार्यपालिका सदस्य,वडा सदस्यहरू र सामिका कर्मचारीहरू लगाएतको सहभागीता रहेको थियोे ।



