मंसिर २२
देवघाट
देवघाट गाउँपालिका र ५ नम्बर वडा कार्यालयद्वारा मंसिर २२ गते शुक्रबारको दिन उक्त सम्मान कार्यक्रम देवघाट गाँउपालिका सभा हलमा ७ औं दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको लागी स्वर्ण पदक बिजेता देवघाट ५ क्वादिका पार्वती गुरुङलाई सम्मान गरेका छन् ।
७ औ स्वण पदक विजेता गुरुङलाई देवघाट गाउँपालिकाका बाट २५ हजार , ५ नम्बर वडा कार्यालयबाट ५ हजार र गैडाढुंगा सामुदायिक वनबाट १० हजार रकम सहित खाँदा,माला र समामनपत्रले सम्मान गरिएको थियो । पार्वती गुरुङलाई खेलमा थप उर्जा र हैसाला प्रदानका लागि गरिएको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले बताएका थिए ।
उपाध्यक्ष गुरुङले धार्मिक क्षेत्रकाे रुपमा मात्र चिनिने देवघाटलाई गुरुङले ७ औ दक्षिण एसियाली करातेको तर्फबाट नेपाललाइ बिश्वभरी चिनाउन सफल भएको र छोरी भएर केही गर्ने सक्दैन्न भन्नेहरुको लागि उनि उदहारण भएको भन्दै प्रशंसा गर्नुभएको थियो साथै छोरिलाई पनि अगि बढाउनु पर्छ भन्ने धारणा राखेर यो ठाउँ सम्म पूर्याउन मद्दत गर्ने अामा बुबालाई समेत धन्यवाद व्यक्त गर्नुभएको थियो। सो कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिका तर्फबाट र आफनो ब्यतिगत तर्फबाट स्वण पदक विजेता पार्वति गुरुङलाई दिएका थिए ।
राष्ट्रको लागि आफनो प्रतिष्ठाको लागि स्वास्थ्यका लागि हामीले खेल खेल्नु पर्छ। खेलले आफनो हैसला बढाउने उनले बताएका थिए । आज दिएको सम्मान पेरेणका लागि दिइएको हो आगामि दिनहरुमा पनि विश्वकपहरुमा स्वण पदक जित्ने शुभकामाना दिनु भएको थियो । यसरी खेलाडीहरुलाई सम्मान गर्ने पाउदा खुसी र गर्व महसुस गरेको अध्यक्ष थापाले बताएका थिए। पार्वति गुरुङलाई खेलमा थप उर्जा र हैसाला प्रदानका लागि गरिएको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले बताएका थिए । उपाध्यक्ष गुरुङले धार्मिक क्षेत्रकाे रुपमा मात्र चिनिने देवघाटलाई पार्वति गुरुङले ७ औ दक्षिण एसियाली करातेको तर्फबाट नेपाललाइ बिश्वभरी चिनाउन सफल भएको र छोरी भएर केही गर्ने सक्दैन्न भन्ने हरुको अगि उनि उदहारण भएको भन्दै प्रशंसा गर्नुभएको थियो साथै छोरिलाई पनि अगि बढाउनु पर्छ भन्ने धारणा राखेर यो ठाउँ सम्म पूर्याउन मद्दत गर्ने अामा बुबालाई धन्यवाद व्यक्त गर्नुभएको थियो
सो कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले नेपालको लागि स्वण पदक विजेता पार्वती गुरुङले देशको शिर विश्व सामु परिचित गराउन सफल भएको बताउदै धन्यवाद व्यक्त गरेका थिए। सथै अध्यक्ष थापाले राष्ट्रको लागि र आफनो प्रतिष्ठाको संगै स्वास्थ्यका लागि हामीले खेल खेल्नु पर्ने बताएका थिए ।
खेलले आफनो हैसला बढाउने उनले बताएका थिए भने खेल क्षेत्रको दिगो बिकासका लागि देवघाट गाउँपालिकाका र आफनो ब्यक्तिगत तर्फबाट सबै संग समनय गरेर अगाडी बढ्ने समेत बताए
सो कार्यक्रममा देवघाट गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत गाैरी प्रसाद आचार्य, देवघाट गाउँपालिकाका प्रबक्ता ५ नम्बर वडा अध्यक्ष पूण बहादुर कुँवर, देवघाट गाउँपालिकाका ५ नम्बर वडा सदस्य बुद्धि बहादुर पाण्डे, कमला गुरुङ,याम बहादुर मगर,नेपाल कराते महासंघ सितेरीय कराँतेका संस्थापक ग्रान्ड मास्टर थानेश्वर राई लगायत कराते प्रशिक्षकहरु , कालिका माध्यामिक बिद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष डा सुरेन्द्र श्रेष्ठ , सोही विद्यालयका प्रधानाध्यापक इन्द्रदेव तिवारी लगायतको उपस्थिति रहेको थियो भने सो कार्यक्रममा देवघाट गाउँपालिकाका कार्यक्रम शाखा अधिकृत कृष्ण राज पन्तले सन्चालन गर्नुभएको थियो ।

Enter



