देवघाटमा बालाचतुर्दशीमा शतबिज छर्न हजारौँ भक्तजन भित्रए

images
  • 380
    SHARES
  • मंसिर २४, २०८० आइतबार
    देवघाटमा बालाचतुर्दशीमा शतबिज छर्न हजारौँ भक्तजन भित्रए
    images
     देवघाट, मंसिर २४
    तनहुँ, चितवन र नवलपुरको संगम पवित्र तिर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको अवसरमा शतबिज छर्न हजारौँ भक्तजन भित्रएका छन् । देवघाटमा पवित्र कालिगन्डकी र त्रिशुली नदीको संगम स्थल र विभिन्न मठमन्दिर रहेको हुँदा शतबिज छर्न आईतबार साँझ नै टाढाटाढा बाट हजारौँ भक्तजन आएका छन् ।
     
    392776489_338775312122423_6412110313962510469_n.jpg
    हिन्दुहरुको महान पर्व कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशीको दिन विभिन्न मठ मन्दिरहरूमा शतबीज (शतबीउ) छरेर मनाईने गरिन्छ । शनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी आफ्नो पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइने गरिन्छ ।
    409906382_338775415455746_7585631231554974143_n.jpg
     
    देवघाटका स्थानीय हरिप्रसाद खनाल यसो भन्नुहुन्छ बालाचतुर्दशी एउटा महान पर्व हो बालाचर्तुर्दशीको अघिल्लो दिन आज तिरदर्शीको राति पितृको नाममा बत्ती बालेर जागरम बस्ने चलन छ र भोलि बिहानै बालाचतुर्दशीको दिन सबेरै नुहाईधुवाई गरेर शतबिज छर्ने चलन छ । देवघाटको ठुलो महिमा छ देवघाट आए मात्रै पवित्र हुन्छ भन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले देवघाट आउने बताउछन् ।
    409902581_338775692122385_7420296470910511955_n.jpg
     
    देवघाटमा जतिपनि मेलापर्व हुन्छ त्यसलाई देवघाट क्षेत्र विकास समिति अर्थात देवघाट गाउँपालिकाको समन्वयमा गरेर व्यवस्थापन गरेका हुन्छन् । बालाचतुर्दशी मेलाअर्थात शतबिज छर्न आएका सर्वसाधरणको व्यवस्थापनको लागि देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले संयुक्तरुपमा व्यवस्थापनको कार्य गरेको छ । नदी किनारमा बत्ती जडान,शौचालयको निर्माण तथा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले भक्तजनलाई कुनै असुविधा नहोस भनेर सुरक्षाकर्मीको व्यवस्थापन,सवारी साधनको व्यवस्थापनको काम गरिएको बताउनु भयो । साथै भक्तजनको सुरक्षाको लागि दमौली र चितवनबाट समेत प्रहरीहरु खटाएको छ ।
    409559842_338776688788952_5334004128287626366_n.jpg
     
    पालीमा शतको अर्थ सय र बीजको अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला,अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल तरूल पनि मिसाइन्छ ।
     
    आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् । आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ ।
     
    राति बालिएको बत्ती चतुर्दशीको बिहानै नदीमा सेलाए (बगाए) पछि शतबीज छर्छन् । बालाचतुर्दशीको अवसरमा देवघाटधाम पुण्य हासिल गर्ने उद्देश्यले गैडाकोटबाट आउनु भएको लक्ष्मी गौतमले आफु देवघाटमा पहिलोपटक आएको बताउदैँ सबैले देवघाटमा गएर पितृलाई बत्ती वाले आफु पवित्र भइन्छ भन्ने सुनेर आफू देवघाट आएको बत्ती बालेको बताईन । साथै उनले आगमि वर्षहरूमा पनि फेरि देवघाट नै आएर पितृलाई बत्ती बाल्ने बताईन । देवघाटधाममा सोमबार बेलुका विभिन्न ठाउँहरूबाट बत्ती बाल्न आएका छन् ।
     
     
     
     
     

     

     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend