देवघाट पुस २
प्रतिमा खत्री
सम्मुनत देवघाटको आधार ,धार्मिक पर्यटन, कृषि र सम्पन्न पूवधार भन्ने नारालाई आत्मसाथ गर्दै देवघाट गाउँपालिकाले सहकारी संस्थाका पदाधिकारी एवं व्यवस्थापकहरुका लागि को उपरेटिभ एन्ड पोर्भर्टि रिलेटिड म्यानेजमेन्ट इनफरमेसन सिस्टम (कम्पोमिस) तालिम सोमबारदेखि सुरु भएको छ। उक्त तालिम देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले उद्दघाटन गर्नुभएको थियोे । तालिमको पहिलो दिन ८ ओटा सहकारी संस्थाका पदाधिकारी एवं व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
तालिममा बोल्दै उपाध्यक्ष गुरुङले गाउँमा सञ्चालन हुँदै आएको सहकारीका नयाँ दाङ्गबाट सहकारी सञ्चालननमा मद्दत पुगोस् भन्ने हेतुले तालिम दिएको बताए । समयको अभावले तथा व्यक्तिगत बेस्थाताले टाढाटाढाबाट आउन नपाएका बिभिन्न सहकरीका प्रतिनिधि तथा व्यवस्थापकहरूलाई अहिले तालिममा सहभागी भएकोहरुले नै तालिम दिन सकिने उहाँले बताउनु भयो ।
साथै प्रदेश सहकारी रजिस्ट्रार कार्यलयका सुर्य प्रसाद आचार्यले प्रशिक्षण दिनु भएको थियो । तालिम दिनुको मुख्य उदेश्य सहकारीमा अपनाउने निती नियम बनाउन,दिर्घकालिन योजना बनाउदा आवश्यक पर्ने तथ्याङ्क आधिकारीक रुपमा तथ्याङ्क नभएको बताउदैँ प्रशिक्षक आचार्यले कपोमिस प्रबिधिबाट पूण तथ्याङ्क दिने र बुझ्न सकियोस भने । सहकारीको रियल टाईम तथ्याङ्क निकालन, सहकारीमा हुने तथा भएका कमजोरी बेलामै पत्ता लगाई सुधार गर्ने सकियोस भन्ने तालिमको उदेश्य रहेको बताए । देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले सञ्चालन गर्नुभएको थियोे ।



