देवघाट पुस ६ प्रतिमा खत्री
चक्रवर्ती समुदायिक वन उपभोक्ता समुहको २५ औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । सो सभा कार्यक्रम शुक्रबार देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको हो । साथै अध्यक्ष कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै वन हरेक जिवजन्तुको जिवनको अत्याआवश्यक वस्तुमध्ये एक रहेको बताउदैँ वनलाई संरक्षण गर्न आग्रह गरे ।

वनबाट नै मानिसको लागि स्वास प्रश्वासको लागि अक्सिजन प्राप्त हुने हुदाँ वनलाई नास हुनबाट बचाउन अनुरोध गर्दै सामुदायिक वनको निती नियम पालना गर्ने र संरक्षण सबैले गर्नुपर्ने बताए । साथै अध्यक्ष कुँवरले चक्रवर्ती वनले हरेक वर्ष वनको लागि गरेको राम्रो कामले सबैलाई प्रोत्साहन मिलेको बताए । सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सामुदायिक वन उपभोक्ता महासँघ गण्डकी प्रदेश सचिव केशव चन्द्र न्यौपानेले चक्रवर्ती वन उपभोक्ता समूह प्रत्येक्ष रुपमा जनतासँग जोडिएर वनको निति नियम अनुसार कार्य सञ्चालन गरेर अघि बढेको बताउदै प्रशंसा समेत गर्नु भएको थियो ।

साथै उक्त साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरूलाई वनले सम्मान गरिएको थियोे । वनका उत्कृष्ट उपभोक्ता अनिता गुरुङ,जेष्ठ नागरीक महिला अन्तर्गत टेक माया अधिकारी पुरुषतर्फ पदम बहादुर गुरुङ, उत्कृष्ट कार्य समितीको तर्फबाट लाल बहादुर बोटलाई सम्मान गरिएको थियोे भने बराह आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार एक छात्रा र एक छात्रलाई १ हजार रूपैयाँको लरले छात्रवृत्ति प्रदान गरिएको थियो । सो सभामा वनको बार्षिक आय व्यय तथा भावी योजना वनका सचिव प्रेम थापाले प्रस्तुत गर्नुभएको थियो ।

वनको भावी योजना अन्तर्गत अझै वनलाई निति नियम अनुसार लाने,उपभोक्ताहरुलाई अवलोकन भ्रमण लैजाने, सामुदायिक वन भित्रका व्यक्तिहरूको मुत्यु भएमा पाँच हजार रुपैयाँ सहयोग गर्ने लगायतका योजनाहरु रहेका छन् । सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर-५ पूर्व अध्यक्ष याल बहादुर गुरूङ,जिल्ला वन महासँघ सचिवालय सदस्य भोजराज नैनावस्ती,मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी,कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने,सव-डिभिजन वन कार्यालयका प्रतिनिधि लक्ष्मण थापा क्षेत्री र सल्लाहकार समिति,उपभोक्ता समिति लगाएत अन्य बुद्धिजीवी व्यक्तिहरूको सहभागीता रहेको थियोे । भने वनका अध्यक्ष डिल बहादुर गुरूङको अध्यक्षतामा भएको सो सभा कार्यक्रम वनका सचिव प्रेम थापाले सञ्चालन गर्नु भएको थियोे ।



