प्रथम भर्जन कालिका कपमा देवघाट ४ वडा र स्वाभिमानी आमा समुहको बिजय

images
  • 319
    SHARES
  • पौष ८, २०८० आइतबार
    प्रथम भर्जन कालिका कपमा देवघाट ४ वडा र स्वाभिमानी आमा समुहको बिजय
    images

    तनहुँ

    कालिका एफसी देवघाटद्वारा आयोजित प्रथम भर्जन कालिका कप वडा स्तरीय फुटबल प्रतियोगिता आज बाट भर्जनकालिका खेल मैदान सुरु भएको छ।

    412285068_346594451340509_6299316579551231813_n.jpg

    पहिलो खेलमा स्वाभिमानी आमा समुह देवघाट ५ कालिमाटीले अविशेक चर्च घिनटारलाई २-१ गोलले पछी परेको थियो भने दोस्रो खेलमा देवघाट ४ वडाले आयोजना कालिका एफसीलाई ट्राईबेकरमा ३-२ गोलले पछी पर्दै दोस्रो राउन्डमा प्रवेश गरेका छन्।

    412916275_346595394673748_799458694677918289_n.jpg

    सो कार्यक्रममा प्रमुख अतिथि रानी सामुदायिक वनका अध्यक्ष सन्त बहादुर लाह्योमगर,विशिष्ट अतिथि भर्जन कालिका मन्दिरका अध्यक्ष केशवचन्द्र न्यौपाने र मधु वन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गीरी,अतिथि देवघाट युवा तथा खेलकुद बिकास संस्थाका अध्यक्ष टिका राना लगायतको उपस्थिति रहेको थियो भने कालिका एफसी देवघाटका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षता रहेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend