देवघाट पुस ८
देवघाट गाउँपालिका वडा नम्बर-५ स्थित रहेको मधुवन सामुदायिक वन उपभोक्ता समूहले फरक क्षमता भएका १८ जना उपभोक्तालाई भत्ता वितरण गरिएको छ ।

फरक क्षमता भएका व्यक्तिहरूलाई केही राहत हुन्छ भन्ने हेतुले आइतबार वनले एउटा कार्यक्रम आयोजना गरेर सो भत्ता रकम दिइएको हो । सामुदायिक वनले हरेक वर्ष जस्तै यस वर्ष पनि १ जनालाई १२ सयको दरले भत्ता वितरण गरिएको वनका अध्यक्ष डिल्लीराम गिरीले जानकारी दिए । आइतबार वनका अध्यक्ष डिल्लीराम गिरीको संयोजकत्वमा सामुदायिक वन उपभोक्ता महासँघ गण्डकी प्रदेश सचिव केशव चन्द्र न्यौपाने र स्थानीय वन महासँघका अध्यक्ष प्रविन कार्कीद्वारा सो रकम हस्तान्तरण गरिएको थियोे ।




