प्रतिमा खत्रि
तनहुँ
देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित भर्जन कालिका मन्दिरको सामुहिक पुजा विविध कार्यक्रम विच सम्पन्न भएको छ। मन्दिरमा विधिवत पुजाआजा गरी पंन्चे बाजागाजा बजाई मनाईएको थियो ।
पुजा कार्यक्रममा स्थानीयबासिन्दाहरुको उल्लेखनीय सहभागिता भइ पुजा गर्ने र यो दिनलाई पर्व को रुपमा मानाईने र पुजा तथा जात्रामा गाउँका व्यक्तिहरुले सामुहिक रुपमा हरेक बर्ष धन्य पूणिर्माका दिन पुजा गर्ने प्रचलन परापूर्व काल देखि रहेको भर्जन कालीका निर्माण समितीका अध्यक्ष केशव चन्द्र न्यौपानेले जानकारी दिनु भएको थियो।
पुजाको अवसरमा भर्जनकालिला मन्दिरको तर्फबाट बिभिन्न खालका खेल खेलाई मनोरञ्जन दिइएको थियो। खेल अन्तर्गत बासको लिङ्गोमा चढने, टायर तान्ने ,डोरी तान्ने , छेलो जस्ता खेल समावेश गरिएको थियोे । सोहि पुजाको अवसरमा भर्जनकालिला मन्दिरको पृष्ठ भुमी सार्वजनिक देवघाट गाउँपालिकाका वडा नम्बर ५ का सदस्य याम बहादुर मगरको प्रमुख आतिथ्यमा गरिएको थियो।



