प्रतिमा खत्री
तनहुँ
देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिका एफसी देवघाटको आयोजनामा स्वस्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै प्रथम भर्जन कालिका कफ २०८०को उपाधी देवघाट ४ नम्बर वडाले उचालेको छ। पैस १० गते भएको फाइनल खेलमा देवघाट ४ ले स्वाभिमान आमा समुह देवघाट ५ वडालाई १ गोलले पछि पर्दै देवघाट ४ वडाले उपाधी चुमेको थियो।
सो प्रतियोगितमा ९ वटा टिमको सहभागिता रहेको थियो। उक्त खेलमा खेलाडिहरु लाई प्रमुख अतिथि देवघाट गाउँपालिकाका वडा नम्बर ५ सदस्य याम बहादुर मगर तथा देवघाट युवा खेलकुद समितिका टिका रानाको विशिष्ट अतिथयमा प्रथम,द्वीतीयलाई क्रमशः १५ हजार र १० हजार सहित खेलाडिहरुलाई ट्रफी , प्रमाणपत्र , मेडल प्रदान गरीएको थियो ।



