देवघाट पुस १४ देवघाटधाम जेसीज वर्ष-२०२४ को अध्यक्ष पदमा जेसी रघु मल्ल चयन भएका छन् । शनिबार भएको शाखाको तेस्रो साधारणसभा तथा दोस्रो शाखा अधिवेशनबाट मल्ल अध्यक्ष पदमा चयन भएको हो ।
शाखाको अधिवेशन आज नमस्ते देवघाट गार्डेन रिसोर्टमा भएको थियोे । अध्यक्ष पदमा जेसी रघु मल्ल,कार्यकारिणी उपाध्यक्ष पदमा जेसी सुजन गुरुङ र जेसी करिस्मा गुरूङ चयन भएका छन् ।
त्यस्तै गरि उपाध्यक्ष पदमा जेसी सन्दीप पोख्रेल,जेसी स्वस्तिका धिताल,जेसी रक्षा कार्की चयन भएको छ भने निर्देशक पदमा जेसी अजित कुँवर,जेसी प्रद्युम्न प्याकुरेल,जेसी सम्राट अधिकारी र जेसी सुस्मा गुरुङ गरि ११ जना सदस्यीय समिति चयन भएका हुन् ।

सो अधिवेशनमा देवघाटधाम जेसीजका संस्थापक जेसी विकास सापकोटा,देवघाटधाम जेसीजका मातृशाखा गितानगरमा पुर्व अध्यक्ष र वर्ष २०२४ का अध्यक्ष लगाएतको सहभागी रहेको थियोे । वर्ष २०२३ का अध्यक्ष जेसी क्षितिज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।




