देवघाट पुस १६
तनहुँको देवघाट लायन्स क्लब तथा लियो क्लवको संयुक्त आयोजनामा बृहत् रक्तदान एवं मधुमेह परिक्षण कार्यकम सम्पन्न भएको छ । सो रक्तदान एवं मधुमेह परिक्षण कार्यकम पुस १५ गते देवघाट स्थित टाउन चोकमा भएको थियोे । सोही रक्तदान कार्यक्रममा ५९ जना रक्तदाताहरुले रक्तदान गरेका हुन् ।

उक्त कार्यक्रममा लायन दिनानाथ न्यौपानेको प्रमुख आतिथ्य एवं देवघाट गाउँपालिकाका अध्यक्ष तिल बाहादुर थापाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो भने कल्सटर -५ प्रमुख लायन पुरन थापाको सभापतित्व्वमा कार्यक्रममा सम्पन्न भएको थियोे ।



