देवघाट ४ को पाँच गाउँमा बिजुली बत्तीको उज्यालो पुग्यो

images
  • 349
    SHARES
  • पौष १९, २०८० बिहीबार
    देवघाट ४ को पाँच गाउँमा बिजुली बत्तीको उज्यालो पुग्यो
    images
    देवघाट पुस १८ करिस्मा गुरुङ
     
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-४ मा लगभग २ सय घरधुरीमा बिजुली बत्ती पुगेको छ । बुधबार देवघाट-४ वडाको ढड्डागारी,बसेनी,काफलस्वरा,वापस,डुडे बासपानी गाउँमा गरी ५ गाउँमा बिजुली बत्ती पुगेको हो ।
    414947316_352366304096657_4536385240316748218_n.jpg
     
    भरतपुर विद्युत वितरण केन्द्र आँपटारि सवस्टेशनबाट देवघाट फिडरमा देवघाट गाउँपालिका-४ सिंचाङबाट ११के.भि.ए,काफलडाँडाबाट १०० के.भि.ए.र ढड्डाघारीबाट २५ के. भि. ए.लाइन गरि ट्रान्सफर्मर जडान गरिएको देवघाट -४ वडा अध्यक्ष मित्रलाल गुरुङले जानकारी दिनुभयो ।
    416836178_352366204096667_1109844019855354342_n.jpg
     
     
    साथै अब एक दुई हप्ताभित्रमा देवघाट-४ मा रहेको चारघरेमा १ सय के.भि.ए. ट्रान्समिटर जोड्ने जानकारी दिनुभयो । त्यसले वडा-४ का पारलाझ्ग,चारघरे,साराङ्घाट,भुवनवस्थी र अग्रीडाँडालाई उज्यालो पुग्ने समेत जानकारी दिएको छ । आफु निर्वाचित हुनुभन्दा पहिले देवघाट-४ मा आमडाँडा,गाईघाट,आइलिम,सिंचाङ्ग,खोडेमोहोरिया दुईघरेमा मात्रै उज्यालो बत्ती पुगेको थियोे ।
     
    415798869_352366057430015_5742087351762382173_n.jpg
    देवघाट-४ मा धेरै पहिले नै उज्यालो हुनुपर्ने थियोे तर स्थानीय सरकार र ठेकेदारको ढिलासुस्तीले गर्दा अन्धकारमा बस्न बाध्य भएको कुरा वडा अध्यक्ष गुरूङले बताए । देवघाट-४ मा विद्युतको काम लथालिङ्ग भएर बसेको थियोे अहिले थप लगभग २ सय घरमा आफ्नै सक्रियतामा जनतालाई उज्यालो दिन सफल भएको वडा अध्यक्ष गुरूङले बताए । निर्वाचित भएपछि पहिलोपटक आफ्नो वडामा उज्यालोबाट जनतालाई केही सेवा सुविधा दिन पाउँदा गुरूङले धेरै खुसी व्यक्त समेत गरेको छ।
    416147361_352366157430005_1175304726992476394_n.jpg
     
    नेपाल विधुत प्राधिकरण आँबु उप- वितरण केन्द्रका प्रमुख राजवीर यादवको उपस्थितिमा आज चार्ज गरि विधुत आपुर्ति शुरू समेत भ‌रहेको छ । आँबु उप- वितरण केन्द्रका प्रमुखका अनुसार उक्त क्षेत्रको विधुतीय पोल,तार,स्टे लगायत कुनै विधुतीय संरचना छुदाँ वा नजिक जाँदा खतरा हुने भएकोले सबै गाउँवासीलाई त्यसो नगर्नु सचेत गराएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend