देवघाट पुस २२ प्रतिमा खत्री
सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्जले आफ्नो १३ औँ वार्षिकोत्सवको अवसरमा आज पत्रकार सम्मेलन गरीएको छ । शान्ति र सद्भाव हाम्रो अभियान भन्ने मुल नाराका साथ सगरमाथा सञ्चार सेवा सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्जले आफ्नो १३ औँ वार्षिकोत्सवको अवसरमा आज पत्रकार सम्मेलन गरिएको हो ।

आफ्नो वार्षिकोत्सबलाई सफल पार्न खेलकुद सहित विविध कार्यक्रम गरी मनाउने रेडियोका बजार ब्यबस्थापक गोपाल चन्द्र न्यौपानेले जानकारी दिए । सो पत्रकार सम्मेलनका प्रमुख अतिथि देवघाट गाउँपालिका प्रबक्ता एवं वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवरले देवघाटको बिकासमा रेडियोले टेवा पुर्याएको बताए साथै देवघाट गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग सदैव रहेने कुँवरले बताए । कुँवरले देवघाटको समसामयिक बिषयलाई लिएर सकरात्मक तरिकाले अगाडि बढन पनि सुझाव दिनु भएको थियो । आज आयोजना गरिएको सो पत्रकार सम्मेलनमा रेडियोका अध्यक्ष बिजय राज शर्माले बार्षिकोत्सवको अवसरमा म्याराथुन दौड लगायतको बिबिध कार्यक्रम गर्ने जानकारी दिए ।

माघे सङ्क्रान्तिको नजिकै गर्दा म्याराथुन दौड जस्ता कार्यक्रमहरुको आयोजनाले धार्मिक पर्यटनहरुमा राम्रो सन्देश जाने तथा देवघाटमा पर्यटन भित्रिने उनले बताए । रेडियोले वार्षिकोत्सब अवसरमा कार्यक्रमहरु पुस २५ गते देखि २१ बर्ष भन्दा माथिका पुरुष र महिलाहुरको ढास ढुङ्गा देखि हाटबजार चोक सम्म म्यारथुन दाैड प्रतियोगितामा हुने ,पुस २७ गते देवघाट आश्रममा फलफूल बितरण, माघ १ गते वेणी संगमबाट प्रत्यक्ष प्रसारण हुने, माघ ५ गते अन्तर माध्यमिक विद्यालय अन्तर्गत देवघाटको संरक्षणमा स्थानियहरकि भुमिका भन्ने शिर्षकमा वक्तित्वकला प्रतियोगितामा हुने माघ ५ गते रेडियो प्राङगणमा पुरस्कार वितरण कार्यक्रम गरी कार्यक्रम समापन हुने तथा नाम दर्ता निशुल्क रहेको भुसालले बताएका थिए।

पत्रकार सम्मेलनमा देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, वडा नम्बर ५ वडा सदस्य कमला गुरुङ , याम बहादुर मगर, गाउँपालिका कार्यक्रम अधिकृत कृष्ण राज पन्त , देवघाट गाउँपालिकाका पर्यटन शाखा प्रमुख होम बहादुर भारती , उधोग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, देवपुर टोल बिकासका उपाध्यक्ष ददिराम सापकोटा , रेडियो देवघाट बजार ब्यबस्थापक गोपाल चन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम रेडियो देवघाटका अध्यक्ष बिजय राज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । भने रेडियो देवघाट महासचिव निरन्जन हाडाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।



