देवघाट पुस २३
देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष पदमा पुनः शालिग्राम मिश्र सर्वसहमत चयन भएका छन् ।

सोमबार भएको खानेपानीको सातौँ अधिवेशनबाट अध्यक्ष पदमा शालिग्राम मिश्र,उपाध्यक्ष पदमा सावित्री न्यौपाने र राधादेवि खनाल,सचिव पदमा प्रवीण कार्की, कोषाध्यक्ष पदमा अर्जुन अधिकारी र सदस्य पदमा गणेश बहादुर थापा, अनिल मिश्र, प्रदीपशाली घिमिरे,रामहरि पुडासैनी, कृष्ण पण्डित, विष्णु प्रसाद पौडेल गरि ११ सदस्यीय समिति चयन भएको छ । कार्यक्रममा अध्यक्षतामा रहेका शालिग्राम मिश्रले भावी योजनाको विषय प्रस्तुत गर्नु भएको थियोे भने खानेपानीको सचिव रोशनदेव आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रम स्वयं आफैले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

सो अधिवेशन कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले देवघाट खानेपानीले अहिलेसम्म धेरै राम्रो काम गर्दै आएको बताए । कुँवरले नयाँ कार्यसमितिलाई सफल कार्यकालको बधाई दिदैँ राम्रो काम गर्दै अगाडि बढ्न अनुरोध गरेका थिए । साथै देवघाट खानेपानीको माध्यमबाट लगभग ७ सय घरधुरी देवघाटवासीले पानीको प्रयोग गर्दै आएको छ ।

उक्त कार्यक्रममा वडा नम्बर-५ सदस्य बुद्वि बहादुर पाण्डे,पूर्व वडा नम्बर-५ अध्यक्ष याल बहादुर गुरूङ,क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेल,कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज पन्त, देउति सामुदायिक वनका अध्यक्ष सुर्य बहादुर न्यौपाने, मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरि लगाएत विभिन्न संघसंस्थामा आवद्व बुद्धिजीवी व्यक्तिहरूको सहभागीता रहेको थियोे ।



