पुस २४
तमू(गुरूङ) हरूलाई हरेक क्षेत्रमा अब्बल बनाउदैँ अगाडि बढाउने उद्देश्यले स्थानीय तमू समाजसँग तमू सञ्चारकर्मीको भेटघाट कार्यक्रम गरिएको छ ।

(तमू) गुरूङ सञ्चारकर्मी संघ केन्द्रीय समिति र (तमू) गुरूङ सञ्चारकर्मी संघ चितवन जिल्लाको आयोजनामा मंगलबार भरतपुर चितवन स्थित रहेको पाते ढिलोमा भएको उक्त भेटघाट कार्यक्रममा चितवनका विभिन्न संघसंस्थामा आवद्व तमूहरूको सहभागीतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रम तमू(गुरूङ) सञ्चारकर्मी संघ केन्द्रीय अध्यक्ष लाला गुरूङको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा गुरूङले तमूहरूले हरेक क्षेत्रमा राम्रोराम्रो काम गरेर अगाडि बढ्न सकिन्छ भन्दै जति पनि पत्रकारिता क्षेत्रमा लाग्नु भएको छ उनिहरूलाई ईमानदारीताका निरन्तर अगाडि बढ्न आग्रह गर्नु भएको थियोे ।
सफलता हासिल गर्नका लागि धैर्यताको बढि आवश्यकता हुने भएको हुदाँ समयलाई बुझेर चुनौति मोल्दै अगाडि बढ्न अध्यक्ष गुरूङले अनुरोध गरेका थिए । तमू ह्युल छोंज धि गुरूङ राष्ट्रिय परिषद् चितवन अध्यक्ष बिमला गुरूङले उक्त भेटघाट कार्यक्रममा सम्बोधन गर्दै तमू पत्रकारहरूले जातिय उत्थानका निम्ति अझै व्यापक तरिकाले आफ्नो कलम चलाउनु पर्ने बताउनु भयो । तमूहरूको भाषा,धर्म,संस्कृत,पोसाक र रहनसहनको विषयलाई लिएर राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरसम्म पहिचान गराउदैैँ अगाडि बढ्न आग्रह गर्नु भयो ।
साथै तमू पत्रकारहरूको लागि तमू ह्युल सदैव साथमा रहेको बताउदैँ आवश्यक परेको खण्डमा साथ सहयोग दिने अध्यक्ष गुरूङले प्रतिवद्वता गर्नु भएको थियोे । साथै तमू प्ये ह्यु संघ चितवनका अध्यक्ष बिक्रम गुरूङले तमूहरूलाई सकृय रूपमा अगाडि लैजानको लागि विभिन्न तालिमहरूमा सहभागी गराउन आवश्यक रहेको बताए ।
सो भेटघाट कार्यक्रममा बरिस्ठ पत्रकार अनिता गुरूङ,तमू(गुरूङ) सञ्चारकर्मी संघ नेपाल केन्द्रीय महासचिव चित्र गुरूङ,तमू ह्युल छोज धि चितवनका सचिव किशोर गुरूङ,संगठनका मिना मुमारी गुरूङ लगाएतले तमूहरूलाई हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने बनाउन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आफ्नो भनाइहरू व्यक्त गरेका थिए । उक्त कार्यक्रम तमू (गुरूङ) सञ्चारकर्मी संघ चितवन जिल्ला अध्यक्ष तुलमान गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो ।



